Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

डब्ल्युएचओका महानिर्देशक नेपालमा

काठमाडौं। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओ का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसस आज नेपाल आउँदैछन् । सद्भावपूर्ण भ्रमणका लागि महानिर्देशक गेब्रेयसस नेपाल भ्रमणमा आउने भएका हुन् । महानिर्देशक गेब्रेयससले नेपालमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का लगायतसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । तीन दिने भ्रमणका लागि आउन लागेका महानिर्देशक गेब्रेयससले आज नै स्वास्थ्य मन्त्री विरोध खतिवडा, परराष्ट्रमन्त्री नारायण खड्कालाई समेत भेट्ने छन् ।
आजै राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनालाई पनि भेट्ने भएका छन् । महानिर्देशक गेब्रेयससले शुक्रबार राष्ट्रपति भण्डारी, प्रधानमन्त्री देउवासँग भेट गरी हनुमान ढोका दरबार स्वाक्यर, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, पाटन हाइस्कुल, र टाइफाइड खोप कार्यक्रमका बारेमा समेत जानकारी लिने कार्यक्रम तय भएको छ ।महानिर्देशकका साथ डब्ल्युएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल र डब्ल्युएचओका अन्य अधिकारीहरू रहने परराष्ट्र मन्त्रालयले जनाएको छ । महानिर्देशक गेब्रेयससको टोली शनिबार बिहान स्वदेश फर्कने पराराष्ट्र मन्त्रालयले जनाएको छ ।