Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

डब्ल्युएचओले दियो कोरोना तत्काल नियन्त्रण नहुने चेतावनी

काठमाडौं । कोरोनाविरुद्ध कुनै पनि वैज्ञानिक सफल हुन नसकिरहेको बेला एकै दिन अहलेसम्मकै धेरै कोरोना भाइरसका संक्रमित भेटिएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले महामारी नियन्त्रणमा आउन धेरै समय लाग्ने चेतावनी दिएको छ । विश्वमा बुधबार एकै दिन अहिलेसम्मकै धेरै एक लाख ६ हजारभन्दा बढी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि डब्ल्युएचओले महामारी तत्काल नियन्त्रणमा आउन नसक्ने जनाएको हो ।
बुधबारको पत्रकार सम्मेलनमा डब्ल्युएचओका प्रमुख डा।टेडरोज आध्यनोम गेब्रेयेसोसले पछिल्ला दिनमा कम तथा मध्यम आय भएका देशहरुमा संक्रमण बढ्दै गएकोमा चिन्ता जनाएका छन् । विश्वमा संक्रमितको वास्तविक संख्या अहिले बाहिर आएको भन्दा धेरै हुन सक्ने समेत उनले बताएका छन् । धेरै देशमा पर्याप्त परीक्षण नभएकाले संक्रमण पुष्टि हुनेको संख्या बढ्न सक्ने उनले बताएका छन् । डब्ल्युएचओका अनुसार अहिलेसम्म ४८ लाखभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् भने ३ लाख १९ हजार हाराहारी मानिसको मृत्यु भएको छ ।
तर कोरोना भाइरसकै सूचना अद्यावधिक गरिरहेका कतिपय साइटहरूले भने मृतकको संख्या ३ लाख २९ हजारभन्दा बढी र संक्रमितको संख्या ५१ लाख हाराहारी पुगेको तथ्यांक सार्वजनिक गरेका छन् । डब्ल्युएचओले संक्रमण नियन्त्रणमा आउन समय लाग्ने जनाइरहँदा अमेरिकासहितका कतिपय युरोपेली मुलुकहरूले भने लकडाउन खुकुलो बनाइसकेका छन् ।


सम्बन्धित समाचार