Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

डलरको भाउ डेढ वर्ष उचाइमा पुगेर फर्कियो

नेपाली रुपैयाँको भाउ ३४ दिनयताकै बलियो भएको छ। अमेरिकी डलरको भाउ घट्न थालेपछि नेपाली रुपैयाँ बलियो भएको हो।

बुधबार एक अमेरिकी डलरको भाउ ११९ रुपैयाँ ७५ पैसामा आएको छ। मंगलबार डलरको भाउ १२० रुपैयाँ ३० पैसा थियो।

राष्ट्र बैंकका अनुसार, डेढ वर्षयताको उच्चतम बिन्दु पुगेर डलर ओर्लिन थालेको हो। भारु बलियो भएका कारण डलरको मूल्य कमजोर भएको हो। भारु र नेपाली रुपैयाँबीच स्थिर विनिमय दर भएका कारण भारु बलियो हुँदा नेपाली रुपैयाँ पनि बलियो हुन्छ।


सम्बन्धित समाचार