Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । कम्युनिष्टको नाममा जासुस बन्दा जति डलर पच्छ काँग्रेसको नाउमा पचाउन कठिन छ । त्यही कारण नेकपा एमालेले त्यो बेला एनजीओ विभाग खडा ग¥यो । त्यसका सञ्चालक प्रदीप नेपाल, सुशील प्याकुरेल थिए । अहिले एनजीओ महासंघ छ । महासंघका सदस्यहरु नेकपाका पनि सदस्य छन् । त्यसको काम देशमा शान्ति, अमनचैन होइन विद्रोह र अशान्ति निम्त्याउने हो । डलरमणि दिक्षित, अग्नि खरेल, सुशील प्याकुरेल, मन्दिरा शर्मा एमालेको अहिले पनि डलरको धन्दाका चलाक हुन् । इन्सेकको मानवअधिकार फरक हुन्छ । दल अनुसारको व्याख्या हुन्छ । आवश्यकताले दुई कम्युनिष्ट पार्टी एक भए । संसदमा ठूलो दल नेकपा बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका छौंडाहरु एनजीओ महासंघका ठेकेदार छन् । यिनीहरु नेकपाको सदस्य छन् । यो जात्राका सञ्चालक इन्सेकसँग जोडिएका सुशील राष्ट्रपतिका सल्लाहकार अग्नि महान्यायाधीवक्ता, डा. सुबोध प्याकुरेल प्रदेश १ सरकारको योजनाकार । यति भएपछि सुभाष नेम्वाङ जस्ताको ओली पथ प्रदीप नेपालको साहित्यबाट सञ्जय थापा प्रस्फुटन हुनु नै आखिर देश कम्युनष्टिको नाउमा लुट्नेहरुको खजना भयो भन्दा केही फरक भएन । ओली सरकारको नीतिगत लुट इन्सेक भर्सेस सुशील एन्ड सुभाष हुन् । अदालतमा समेत यो समूह जब्बर छ ।
विभाजनको अस्त्र
बेलाखबत डलरमणि दिक्षितलाई बोल्न लगाएर इन्सेकले सरकारको दैरामा हेगको प्रवचन दिन्छ । युरोपेली संघ, युरोपेली दूतावासका खञ्चुवाहरु विज्ञप्ति निकाल्छन्, इन्सेकको डलर पच्छ । प्रत्येक नेता एनजीओसँग जोडिएको नेकपा एमालेले वर्गीयता, सिद्धान्त, पद्दति, विधि र प्रक्रियाको कार्यान्वयन त्यही बेला गर्दैनथ्यो । वर्षमा करोडौं रुपैयाँ भिœयाएको एमालेलाई अहिले पिडा छ । गैर सरकारी संस्थाले देश बनाउँछ कि भत्काउँछ ? ओली शासनको दुईवर्षमा देखियो । जहाँ नीतिगत लुट छ । पार्टीमा विवाद पदको भागवण्डामा छ । एमालेको डलरकान्त बौद्धिक वर्गलाई यो एकता रुचेको छैन । एनजीओको भत्ता खाने माओवादीकै देव गुरुङ, रामबहादुर थापा, कृष्णबहादुर महरा, राम कार्की पछिल्लो चरणका खाइदेउ हुन् । त्यसैले जसको जोत उसको पोतको नारा, निशुल्क शिक्षाको कुरा वर्गीय समानताको एजेन्डा जस्ता ठग्न ल्याइएको हो । निजी स्कुल, अस्पतालको लुटमा तत्कालिन एमाले कति सहभागी छ माओवादी कति त ? छानविन गर्न सकिन्छ । नीतिगत लुट वर्तमान सरकारको आधारस्तम्भ बनेको छ । यसले नेपालको भलो हुँदैन । पार्टी फुटाए भने कम्युनिष्टहरुप्रतिको जनमत अब बढ्ने छैन ।
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल