Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
चितवन । कोरोनाको उपचारमा खटिएका स्वाथ्यकर्मी कोरोना जोखिममा पर्ने गरेका छन् । चितवनमा दुई चिकित्सकसहित २० जनामा कोरोना संक्रमण देखिएको छ । भरतपुरस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएका नमूना परीक्षणमा २० जनामा कोरोना संक्रमण देखिएको भरतपुर अस्पताल स्रोतले जानकारी दिएको छ । तीमध्ये १७ जना चितवनका हुन् भने तीन जना नवलपरासीका हुन् । कोरोना संक्रमितमध्ये दुई जना चिकित्सक पनि छन् । उनीहरु भरतपुरको एक निजी अस्पतालमा काम गर्ने चिकित्सक भएको जनाइएको छ । चितवनका संक्रमित मध्ये अधिकांश माडी र भरतपुर महानगरपालिकाका छन् । आइतवार करीव ३ सय जनाको स्वाब परीक्षणका लागि पठाइएकोमा कतिपय स्वाबको परीक्षण बाँकी नै छ ।
मृतक युवकको सम्पर्कका ३० जनामा संक्रमण पुष्टि
कोरोना भाइरसको संक्रमणबाट मत्यु भएका एक युवकको सम्पर्कमा आएका अर्घाखाँचीका ३० जनामा संक्रमण पुष्टि भएको छ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर–९ चरेपानीका युवकको भारतबाट मजदुरी गरी फर्कने क्रममा जेठ १० गते बाटोमै मृत्यु भएको थिये । उनको सम्पर्कमा आएकाहरुको पहिचान गरी परीक्षण गर्ने क्रममा ३० जनामा संक्रमण पुष्टि भएको छ । घर फर्कने क्रममा भारतमै मृत्यु भएका युवकको कपिलवस्तु ल्याएर पोस्टमाटर्म गरिएको थियो । पोष्टमार्टमका क्रममा उनको स्वाब संकलन गरी भैरहवा जनस्वास्थ्य प्रयोगशालामा गरीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । तर कोरोना संक्रमणको रिपोर्ट आउनु अगाडि नै मृतकको अन्त्येष्टि समेत गरिएको थियो । मृतकमा कोरोना संक्रमण पुष्टि भएपछि भारतबाट सँगै आएका, मृतकको शव बोकेका र उनको सम्पर्कमा रहेका ५० जनाको थ्रोट स्वाब संकलन गरी पीसीआर विधिबाट परीक्षण गरिएको थियो । उनीहरु मध्ये ३० जनामा संक्रमण पुष्टि भएको छ । यस्तै मृतकको सम्पर्कमा नआएका अर्का एक जनामा पनि संक्रमण पुष्टि भएका छ । संक्रमित हुनेमा सन्धीखर्क नगरपालिकाका २९ जना, शितगंगा नगरपालिका र पाँडिनी गाउँपालिकाका एक एक जना रहेको प्रजिअ पौडेलले जानकारी दिए ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल