Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

डाक्टर केसीलाई मध्यराति अस्पताल पुर्याइयो, उपचार नलिने घोषणा

जुम्ला । १९औं सत्याग्रहमा बसेका डाक्टर गोविन्द केसीलाई शनिबार राति प्रहरीले जबर्जस्ती उठाएर अस्पताल लगेको छ ।करिब पौने एघार बजे प्रहरीले उनलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेको डा. केसीका सहयोगी स्थानीय युवा महेन्द्र कार्कीले बताए । हिजोअस्ति राति उहाँसँगै बसे पनि आज अरू नयाँ साथीहरू बस्नु भएकाले साँझ म घर आएको थिएँ, कार्कीले भने, प्रहरी आएर जबर्जस्ती लगेछन् । चन्दननाथ नगरपालिकाकी प्रमुख कान्तिका सेजुवालका अनुसार डा. केसीको नियमित स्वास्थ्य निगरानी गरिरहेका चिकित्सकले शनिबार दिउँसो अस्पताल लैजानुपर्ने सुझाव दिएका थिए । तर उनले अस्पताल जान मानेका थिएनन् । अस्पताल लगिएपछि डाक्टर केसीले अस्पतालको आइसियूबाट माग पूरा गुर्नको साटो प्रहरीले अपहरण शैलीमा उठाएकाले कुनै पनि उपचार नलिने बताएका छन् ।