Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

डाक्टर भगवान कोइराला अब वीर अस्पतालमा

काठमाडौँ । वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा भगवान कोइरालाले अबदेखि वीर अस्पतालबाट सेवा दिनुहुनेछ । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) बाट केहिदिन अघि मात्रै उहाँले अवकाश पाउनुभएको थियो । कोइराला चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा आवद्ध भइ बिरामीलाई सेवा दिनुहुनेछ । अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले भगवान कोइरालाले न्याम्समा भिजिटिङ प्रोफेसरको रुपमा एकेडेमिक (शैक्षिक) कार्यक्रममा सहभागी हुने जानकारी दिनुभयो । उहाँले वीर अस्पतालबाट मुटु उपचार सेवा प्रदान गर्ने जानकारी दिदै गत हप्ता देखि नै न्याम्समा आवद्ध हुनुभएको बताउनुभयो । डा. कोइरालाले आफुले वीर अस्पतालमा मुटुको एउटा जटिल शल्यक्रियामा पनि सहभागी भएको जानकारी गराउनुभयो ।
। अब ओपिडी र शल्यक्रियालाई नियमित गर्ने उहाँको भनाइ छ । त्रिवि आईओएम अन्तर्गतका विभिन्न अस्पतालमा गरी २८ वर्ष फ्याकल्टीको रुपमा काम गर्नुभएको थियो । कोइराला पछिल्लो समय मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्प्लान्ट सेन्टरबाट सेवा दिदै आउनुभएको थियो । उमेर हदका कारण ९ साउनमा अवकाश पाउनुभएको थियो । ‘आम नागरिकको मुटु उपचारका लागि कोइरालाले वीरमा दुई दिन ओपिडी र दुई दिन शल्यक्रिया गर्ने योजना रहेको सुनाउनुभयो । वीरका निर्देशक डा सन्तोष पौडेलले पनि प्राडा कोइराला न्याम्सको शैक्षिक कार्यक्रम र वीरको उपचार सेवालाई थप मद्धत गर्ने गरी आवद्ध भएको बताउनुभयो ।