Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

डायलोसिस गर्न प्रधानमन्त्री अस्पतालमा, दिउँसो मन्त्रिपरिषद् बैठक

काठमाडौँ । मिगौलले काम नगरेपछि नियमति स्वास्थ्य परिक्षणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई तेस्रो पटक डायलाइसिस गर्न ग्राण्डी अस्पताल लगिएको छ । आइतबार बिहान नौ बजे प्रधानमन्त्री बालुवाटारबाट डायलासिस गर्न ग्राण्डीतर्फ प्रस्थान गरेका हुन् ।
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदलगत्तै सचिवालय बैठक
प्रधानमन्त्री अस्पताल जानुपर्नेभएपछि मन्त्रिपरिषद बैठक समेत पछि सरेको छ । बिहान ११ बजेलाई राखिएको मन्त्रिपरिषद बैठक अव अपरान्ह मात्रै बस्ने बताइएको छ । प्रधानमन्त्रीको गत बुधबार पहिलो र बिहीबार दोस्रो हेमोडायलाइसिस गरिएको थियो । गत बुधबार निममित स्वास्थ्य परीक्षणका लागि अस्पताल गएका प्रधानमन्त्री ओलीलाई भर्ना नै गरेर हेमो डायलासिस गरिएको थियो । तर, प्रधानमन्त्रीको स्वास्थ्यअवस्था गोप्य राखेपछि अस्पताल र प्रधानमन्त्रीको सचिवालयको चर्को आलोचना भएको थियो ।


सम्बन्धित समाचार