Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

डा केसीको स्वास्थ्यमा समस्या, समर्थकले रोके सरकारी गाडी

काठमाडौं । चिकित्सा क्षेत्रको समग्र सुधारको माग राख्दै आमरण अनसनरत डा. गोविन्द केसीको समर्थनमा डडेल्धुरामा आइतबार सरकारी सवारी साधन चलाउन रोक लगाइएको छ । डा. केसी अनसन बसेको सातदिन बितिसक्दासमेत सरकारले कुनै सुनुवाई नगरेको भन्दै समर्थकले सरकारी नम्बर प्लेटका सवारीसाधन सञ्चालनमा रोक लगाएका हुन् । आइतबार कुनै पनि सरकारी गाडी चल्न दिइएन । सदरमुकाम बागबजार क्षेत्रमा दिउँसो १ः३० वजेदेखि २ः३० बजेसम्म पसल बन्द गरिएको थियो । डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले भने सरकारी गाडी चल्नमा रोक लगाउने कुरा आफूहरुलाई मान्य नहुने बताएका थिए । यसैबीच, अनससन स्थलबाट शुक्रबार डडेल्धुरा अस्पताल सारिएका डा केसीको स्वास्थ्यमा समस्या आउन थालेको छ ।पिसाबमा देखिएको समस्या सुधारउन्मुख नदेखिएकाले पनि धेरै समय डडेलधुरामा राख्न उपयुक्त नरहेको उनले बताए ।
डा. केसीको उपचारमा निरन्तर विशेषज्ञसहित चिकित्सक टोली खटिएको छ । आकस्मिक कक्षमै रहेका उनलाई रिफर गर्ने विषयमा उनका भाइ किशोरसँग छलफल भइरहेको डा. कँडेलको भनाइ छ ।