Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

डा. केसीको स्वास्थ्य अवस्था जटिल

काठमाडौं । चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारका लागि विभिन्न माग राख्दै २० औं अनसनमा रहेका वरिष्ठ डा। गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएको छ । धनगढीको कृष्ण मन्दिर धर्मशालामा अनसन थालेका डा. केसीको स्वास्थ्य बिग्रिएपछि मंगलबार उनलाई सेती प्रादेशिक अस्पातल भर्ना गरिएको थियो । अस्पतालले विज्ञप्तिमार्फत केसीमा टाउको दुख्ने रिङ्गटा लाग्ने, थकान लाग्ने, स्वास फेर्न गार्‍हो हुने, शरीरको मांसपेशी दुख्नेलगायतका समस्या देखिएको जनाएको छ । अस्पातलका अनुसार शरीर र पोषण तत्व र पानीको कमी भएको कारण केसीमा यस किसिमको समस्या देखिएको हो ।


सम्बन्धित समाचार