Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

डा. कोइराला मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त

काठमाडौँ– सरकारले डा. भगवान कोइरालालाई नेपाल मेडिकल काउन्सिलको अध्यक्ष बनाउने निर्णय गरेको छ । आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोइरालालाई अध्यक्ष बनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
मुटुरोग विशेषज्ञ डाक्टर कोइराला त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक र शहीद गंगालाल हृदय रोग केन्द्रका निर्देशक थिए । कोइरालालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त गर्न शिक्षामन्त्री संयोजक रहेको सर्च कमिटिले सिफारिस समेत गरेको थियो ।
आइतबारकोे मन्त्रिपरिषद्ले बंगलादेशका राष्ट्रपतिको नेपाल भ्रमणबारे समेत छलफल भएको थियो । त्यस्तै मन्त्रिपरिषद बैठकमा विभिन्न मेडिकल कलेजहरुले जथाभावी शुल्क लिएको तथा विरोध भइरहकाले त्यसबारे उपयुक्त निर्णय र कारवाही गर्न शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ ।


सम्बन्धित समाचार