Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । युवाहरुको आन्दोलनले राष्ट्रिय स्वतन्त्र पार्टीमा पहिरो ल्याउन थालेको छ । पार्टीकी सांसद तथा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छोडेकी छन्। उनकै लाइनमा डा. तोषिमा कार्की र गणेश कार्की पनि पुगेका छन् । पार्टीमा सिद्धान्तभन्दा नेतातन्त्र बढी भएकाले आफूले परित्याग गरेको सुमनाले आइतबार बताएकी छन्। सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री बनेको दिन शुक्रबार बधाई दिन शीतल निवास पुगेकी थिइन्। सुमना पनि कार्की क्याबिनेटमा मिसिने चर्चा पनि थियो । तर उनले त्यसलाई नकारेलगत्तै आइतबार पार्टीबाट राजीनामा दिएकी छन् । उनले राजीनामा दिएपछि सांसद डा तोसिमा कार्की र रासपा केन्द्रीय सदस्य गणेश कार्कीले पनि राजीनामा दिने चर्चा चलेको छ। गणेश कार्की गत सोमबार र मंगलबार भएको जेन जीको आन्दोलनमा सहभागी भएका तस्बिरहरू सार्वजनिक छन्। यस्तै यता सांसद कार्की पनि आन्दोलनमा घाइते भएका युवाहरूको उपचारमा खटिएकी थिइन्। सांसद कार्की उपचारमा खटिँदा विवाद पनि भएको थियो । उपचारका नाममा कन्टेन्ट बनाउँदै हिँडेपछि उनलाई निजामती अस्पतालका नर्सहरूले गालीसमेत गरेका थिए ।
जेन ले गरेको आन्दोलनमा समर्थन जनाउँदै आएकी श्रेष्ठलाई शिक्षा मन्त्री बनाउने तयारी गरिएको थियो । तर उनी रास्वपामै रहेको भन्दै केहीले असन्तुष्टि व्यक्त गरेका थिए। त्यसपछि उनी शिक्षामन्त्री बन्ने कुरो आएको छ । तर उनले फेसबुक लाइभमा आएर मन्त्री नबन्ने बताइन्। आलोचनापछि सुमनाले आफू कुनै हालतमा मन्त्री बन्ने दौडमा नरहेको बताएकी छन् । त्यहीकारण उनी मन्त्री बन्ने सम्भावना कम छ । तर उनले रास्वपा भने सभापति रवि लामिछानेकै कारण छाडेकी छन्। सुमना पार्टीको सह मामन्त्री पदबाट राजीनामा दिएदेखि सचिवालय बैठकमा उपस्थित भएकी छैनन् । उनलाई पटकपटक खबर गरिए पनि सचिवालय बैठकमा उपस्थित नभएको नेताहरू बताउँछन्।
यसअघि शनिबार राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बसेको थियो। बैठकमा पार्टी सभापति लामिछाने नख्खु कारागार फर्किने विषयमा बढी छलफल भयो । पार्टी सचिवालयका एक सदस्यका अनुसार बैठकमा केही नेताहरूले देखाएको असन्तुष्टिबारे पनि छलफल भयो। तर सुमना, तोसिमा र गणेशले पार्टी परित्याग गर्नेबारे केही कुरा भएको थिएन । हामीले तोसिमा, सुमना र गणेशले पार्टी छोड्दै हुनुहुन्छ भन्ने कुरा पहिले नै सुनेको हो। यसबारे पार्टीका विभिन्न बैठकमा छलफलसमेत भएका थिए, ती सचिवालय सदस्यले भने, शनिबारको बैठकमा यसबारे छलफल भएन । यद्यपि केही साथीहरूले उनीहरूको सम्भावित कदमबारे संकेत गरेका थिए। सुमना, तोसिमा र गणेश तीनैजना काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहसँग नजिक रहेका व्यक्ति हुन्। यी तीनसँगै रास्वपाका अन्य नेताले पनि पार्टी छाड्न सक्ने सम्भावना छ । रास्वपा छाड्नेबारे तोसिमा र गणेशले केही बोलेका छैनन् । यता केन्द्रीय सदस्य गणेश कार्की सामाजिक सञ्जालमा सभापति लामिछानेको पनि चर्को आलोचना गर्दै आएका छन् । उनी पनि पार्टी छाड्ने योजनामा रहेको दाबी रास्वपाका एक नेताले गरेका छन् ।
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल