Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

डा भगवान कोइराला नेतृत्वमा बन्दै गरेको बाल अस्पतालका लागि १ करोड ८० लाख रुपैयाँ सहयोग

काठमाडौं । काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका लागि गायिका आनी छोइङ डोल्माले १ करोड ८० लाख रुपैयाँ सहयोग गरेकी छन्। वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा भगवान कोइराला नेतृत्वमा बन्दै गरेको किओचका लागि उनले आफ्नो नाममा स्थापित संस्था आनी छोइङ डोल्मा फाउन्डेशनको नामबाट सो रकम किओचलाई हस्तान्तरण गरेकी हुन्। सोमबार काठमाडौँमा आयोजित सहयोग रकम हस्तान्तरण कार्यक्रममा आनीले आफ्ना सांगितिक गुरु एवं कवि दुर्गालाल श्रेष्ठको हातबाट प्राडा कोइरालालाई चेक हस्तान्तरण गरिन्। कार्यक्रममा डा कोइरालाले नेपालमा बाल स्वास्थ्यको अवस्थाबारे जानकारी दिएका थिए। एक हजार बालबालिका जन्मिदा उपचार नपाएर ३३ जनाको मृत्यु हुने उनले बताए। काठमाडौंमा २०० बेड र प्रदेशमा १०० बेडको बाल अस्पताल बनाउने योजनासहित अघि बढेको यो परियोजनामा स्वदेश तथा विदेश, सरकारी तथा निजी र व्यक्तिगत सहयोग आइरहेको छ।