Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

डा. शेखरको गुरु योजना अलपत्र

काठमाडौं । संविधानका अन्तरवस्तु फेर्ने जातजातीय मुद्दा समय अनुकुल परिवर्तन गर्नका लागि काँग्रेस र एमाले जस्ता शक्ति मिल्नुपर्छ, वर्तमान गठबन्धन तोड्नुपर्छ भन्ने काँग्रेस वरिष्ठ नेता डा. शेखर कोइरालाको योजना पार्टीकै कारण तोडिएको छ । काँग्रेसले आफ्ना पार्टीका टेरामक्स प्रकरण र स्वस्थ्य उपकरण खरिद प्रक्रियाका बहादुरहरूका बारेमा वाक्य नफुट्ने गृह एवं उपप्रम रवि लामिछानेको सहकारी ठगी प्रकरण छानविनका लागि संसदीय समिति गठनको एजेन्डालाई बटमलाइन बनाएको छ । काँग्रेसको यो बटमलाईनले सत्ताका सहयात्रीहरूलाई एकजुट बनाएको छ । गठबन्धनभित्र ठूलो भाग खोज्दै निहुँ खोज्दै रहेको एकीकृत समाजवादी काँग्रेसकै पछुवा बन्न रुचाएको छ । आठ महिनापछि प्रचण्डले पद त्याग्दा एक वर्ष आफू प्रम हुने १० सिटे पार्टीको निष्ठावान नेता माधवको चाहना थियो । उनले सरकारलाई आइलागेका संकटका बारेमा कहिल्यै चासो लिएनन् । काँग्रेसले प्रमलाई असहयोग गर्दा पनि यी बेपत्ता भए । माधवको दाउ ५ वर्षमा आफू बाहेकका सबै सांसदहरूलाई पालैपालो मन्त्री बनाउने छ । अहिले पनि एकीकृतका २ मन्त्री छन् । सामान्य प्रशासनमा भोजराज जोशी, शहरी विकासमा धनबहादुर बुढा मन्त्री छन् । हिजो कृषि र भौतिक पूर्वाधार यातायात मन्त्री समाजवादीका थिए ।
माधवले निहुँ खोज्दै गएको खण्डमा तीनलाई छाडेर चुनाव २०८४ सम्ममा एमाले र माओवादी कार्यगत एकता सम्भव हुने अवस्था पनि समयले जोडिरहेको छ । उपचुनावमा काँग्रेसले सत्ता गठबन्धनमा रहेका वाम शक्ति विभाजित भएकोमा आफ्ना उम्मेदवारलाई सहयोग पुग्ने अपेक्षा गरेको छ । काँग्रेस काँग्रेस नै बनेर चुनावमा जाने अठोट लिनु ठिक हो । तर त्यसले जनजीविकाको मुद्दामा चासो लिएको छैन । हिजो काँग्रेसले चलाएका अर्थ, परराष्ट्र, उद्योग बाणिज्य तथा आपूर्ति र स्वास्थ्य मन्त्रालयभित्रको अव्यवस्थामा काँग्रेस टाढियो । उपप्रम तथा परराष्ट्रमन्त्रीमा नारायणकाजी श्रेष्ठ जानासाथ रुसी समकक्षीसँग फोन संवाद गरी रुसी सनोका मृतक नेपालीको परिवालाई राहत दिन र अब नेपाली युवाहरूलाई भर्ति नगर्न आग्रह गरेका छन् । रुसले सकारात्मक रूपमा लिँदै मृतकको परिवारलाई क्षतिपूर्ति दिन थालेको पनि छ । काँग्रेसले आफ्ना मन्त्रीको कुटनीतिक असक्षमता देखेन ।
आफू केही नगर्ने नयाँ गठबन्धनले गरेका राम्रा काम पचाउन नसकेर काँग्रेसले जसरी सरकारलाई संसदमा घेर्दैछ त्यसले आफ्नै पार्टीका नेताको गुरु योजनालाई ठेस लागेको छ । आफ्नै पार्टीभित्र अन्तघातमा रमाउने काँग्रेसी चरित्र हिजो जस्तो थियो आज त्यस्तै छ । सभापति शेरबहादुर देउवालाई गृह प्रशासनबाट प्रहरीको सिआईबीलाई नक्कली भुटानी शरणार्थी प्रकरणको दोस्रो चरणको छानविन गर्ने सुर भयो भने आफ्नी अर्धाङ्गिनी सिंगो भ्रष्टाचारकी कुलदेवी काँग्रेसी मार्कोस डा. आरजु राणा र मञ्जु खाँण तानिने डर छ । त्यसैले त उनीहरूले महामन्त्री गगन थापा र विश्व प्रकाश शर्माको योजनालाई रुचाएका छैनन् । माओवादीको भोटले सांसद हुने त्यसैलाई खेद्ने बैगुनीहरूको दिन भोलि सहज हुने अवस्था छैन । डा. शेखरकै योजना अलपत्र हुँदैछन् । आफैंभित्र अन्तरर्घात गर्न पछि नपर्ने काँग्रेसीहरूलाई धमाधम कारबाही फुकुवा गरेको काँग्रेसका कम्युनिष्टहरूप्रति दुष्ट प्रवृत्ति देखाउनेहरूलाई पनि कम कठिन छैन । हिजो एमालेका श्री ३ केपी ओलीले जसरी संसदमाथि प्रहार गरे त्यो अवस्था अहिले छैन । काँग्रेसले धारा १८८ (२) अनुसारको सरकारलाई धारा १८८ (५) सम्म गएको बुझेन कोशी प्रदेशको सरकारका मुख्यमन्त्री केदार कार्की र उनको समूहका डा. शेखर र डा. सुनिल शर्माहरूको चुरीफुरी पनि समाप्त नहोला भन्न सकिँदैन । काँग्रेसले कोशी, गण्डकी, लुम्बिनी र सुदूरपशिच्म प्रदेशका मुख्यमन्त्री हट्नु परेको पीडा प्रदर्शन गर्न संघीय संसदको अवरोध चर्काउन सक्रिय थियो । संघीय सरकारलाई अप्ठ्यारोमा पार्न काँग्रेसले सदनमा गृहमन्त्रीको सहकारी ठगी काण्ड त उठायो तर महान्यायाधीवक्ता कार्यालयले नागरिकता र पासपोर्ट काण्डको छानविन किन रोक्यो प्रधानमन्त्रीलाई सोध्न सक्दैनन् । किनकि काँग्रेसकै कानुनमन्त्री भएका बेला त्यो केश महान्यायाधीवक्ता कार्यालयले थन्क्यायो । काँग्रेसले पार्टीका नीति, कार्यक्रम के हुन् ? लोकतन्त्र र गणतन्त्रको सुदृढीकरणलाई काँग्रेसले महत्व दिएन । भ्रष्टाचार चरम छ । काँग्रेस प्रत्येक भ्रष्टाचारमा सहभागी छ । प्रचण्ड सरकारले सुन तस्करी काण्डमा पार्टी उपाध्यक्ष कृष्ण महरालाई पनि बाँकी राखेन, पूर्व उपराष्ट्रपति र गृहमन्त्रीका पौरखी पुत्रहरूको गिरफ्तारी वारेन्टले काँग्रेस मार्कोसहरू थन्किएका छन् । अदालतमै सेटिङ गरेर भ्रष्टाचारीले सफाई पाउने अवस्था काँग्रेसले नै खडा गर्दैछ । काँग्रेसका कर्णाली प्रदेश सांसद जीवनबहादुर शाही वाइडबडी प्रकरणमा विशेष अदालतमा मुद्दा दायर भएपछि निलम्बित भएका छन् । टेरामक्स प्रकरणमा मोहन बस्नेत, ज्ञानेन्द्रबहादुर कार्की अख्तियारमा तानिएका छन् । यदि अख्तियारको रु ३ अर्ब ८५ करोडको टेरामक्स प्रकरणमा यिनीहरू निलम्बित भए भने काँग्रेसको दाँत भाँचिन्छ । किनकि भृकुटी मण्डपमा जग्गा भाडा काण्डका आरोपी सांसद टेकबहादुर गुरुङले पाएको उन्मुक्ति कानुन संवत नभएको प्रसंग उठिरहेको छ । सरकारका विरुद्ध काँग्रेसले सदन अवरोध गरे पनि सडकमा जाने बाटो छैन ।