Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

डा. शेखरले अत्तो थाप्दा काँग्रेस शिथिल

काठमाडौं । नेपाली काँग्रेस एक्लै भिड्नुपर्छ काँग्रेसको पक्षमा जनलहर छ भन्दै गरेका डा. शेखरलाई आफ्नै निर्वाचन क्षेत्र असुरक्षित हुन थालेको छ । प्रदेश १ को सभापति पदमा देउवा पक्ष छ । आफ्नो टिमका गुरुराज घिमिरे त्यो पदमा थिए भने भोलिको चुनावी वातावरण आफ्नो बन्न सक्थ्यो । दुई मतले घिमिरे हारे । तर डा. शेखर डा. शशांक, सुजाता, बलबहादुर र महेश आचार्य प्रदेश सभापतिका उम्मेदवारालाई भोट दिन गएनन् । नेतृत्वमा आउनका लागि आवश्यक वातावरण बनाउनु सट्टा आफैं आफ्नो मान्छेलाई भोट दिन नजाने कोइरालाहरूलाई हिजोको विरासत सम्झना हुनु नौलो भएन । कोइराला समूहबाट शेरबहादुरले नेतृत्व लिएको ५ वर्ष अगाडि हो । डा. शेखरलाई प्रकाशमान र विमलेन्द्रले साथ नदिनुमा पार्टी को जेठो को कान्छो भन्ने लडाइँ देखियो । डा. शेखरले उठाएको एकल भिड्ने कुरा नौलो भएन । तर यही संरचनामा कुनै पनि दलले बहुमत ल्याउन सक्ने वातावरण छैन । एमालेका केपी ओलीले संविधान नमिचेको भए कम्युनिष्टको नाउमा ओलीको सत्ता जाने थिएन । काँग्रेसभित्र गठबन्धनको प्रसंग चम्कने थिएन । तर संसदको प्रतिपक्ष रातारात सत्तामा त्यो पनि कम्युनिष्टका बलिया २ शक्तिको साथमा भएकाले तिनै साहरामा संसदमा ८०÷८५ सीट लिएर काँग्रेस चुनावमा जाने भन्दैछ । तर डा. शेखरलाई एक सय सीट चाहिएको छ । शेखरको भनाईमा काँग्रेसमात्र ठूलो हो । सत्ता गठबन्धनको माओवादी केही होइन । एमालेको ओली गुटले माधव पक्षलाई महत्व दिएको छैन । ओली पनि सहारा खोज्दैछन् । त्यही कारण उनी राप्रपासँग तालमेल गर्दैछन् । राप्रपाका दुई घटकलाई लिएर एमाले रमाउने डा. शेखर आफ्नो क्षेत्रमा एमालेको सहारा लिन खोज्दैछन् । आफैंभित्र आत्म विश्वास नहुँदा पनि चुनाव जित्ने ठाउँ खोज्नु डा. शेखरको विचारमा लोकतन्त्र हुन सक्छ । काँग्रेसमात्रले बहमुत पुग्दैन भन्ने बुझेर प्रधानमन्त्री शेरबहादुरले सत्ता गठबन्धन खोजेका हुन् । काँग्रेसले बहमुत ल्याउन कम्युनिष्टले भोट दिनुपर्ने काँग्रेसले कम्युनिष्टलाई भोट दिँदा प्रजातन्त्रको रक्षा नहुने विचित्र पनि यही छ । पार्टीको बहुमत गठबन्धनको पक्षमा छ । तर डा. शेखर अत्तो थाप्दै एक्लै भिड्ने चुनाव जित्ने आँट कसरी गरे ? जबकि काँग्रेसले सरकार चलाएर जनतालाई कुनै राहत दिएको छैन । महंगी चरम छ, भ्रपटाचार चर्को छ । शुशासन छैन, बेथिति जताततै छ । प्रशासनिक बेथितिनै हटाइएको छैन । तर काँग्रेसका नेताहरू जनतालाई मुर्ख बनाएर सत्तामा पुग्ने देश लुट्ने अभियानमा छन् । काँग्रेसभित्र भगिनी संगठनहरूको नेतृत्व आफ्नो टिमले नपाउने भएपछि डा. शेखरले शुरुमा देउवालाई धम्क्याए । अहिले गठबन्धन नमान्ने भन्दै छन् अत्तो थाप्दैछन् ।