Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । मर्ता क्या नही कर्ता भने जस्तै भएको छ आफ्नो धरातल बिर्सेर भाउजुको सेवक बनेका गगन थापालाई । युवाको नाममा राजनीति चम्काउँदा गगन आफैं भ्रष्टाचारीका रुपमा परिचित छन् । उनलाई बाख्रा काण्ड र स्वस्थ्य उपकरण खरिद काण्ड लाग्यो । नेपालमा भित्रिएका डलरकान्तहरूसँग पनि उनी जोडिए । डा. आरजु, गगन र केपी मिलेर रास्वपा सभापति रवि लामिछानेमाथि सहकारी ठगीको फण्डा लगाएर जेल कोचे । तर एमाले र काँग्रेसका ठग जोगाउने तिनै थिए । जनताको नाउमा राजनीति गर्नेहरूको शुरुवात आफैं बन्ने विपक्षीमाथि मित्थ्या आरोप लगाउने हुन्छ भन्ने कुरा बालमन्दिर जग्गा काण्डसँग जोडिएकी रितासिंह वैद्य हुन् । पाएसम्म सरकारी ढुकुटीमा राइदाइँ गर्न प्रकाशमान सिंहले पनि नछाड्दा स्व. गणेशमानकै बदनाम भयो ।
यस्तै बदनामी महेन्द्रनारायण निधि पुत्र विमलेन्द्र निधिले भौतिकमन्त्री हुँदा फाष्ट ट्य्राक र इम्बोस नम्बर, गृहमन्त्री बन्दा राष्ट्रिय परिचयपत्र लादेर गरे । तर सत्तामा जान नपाएका वीपी पुत्र डा. शशांक, नोना पुत्र डा. शेखर कोइरालाको भ्रष्टाचारमा नाउँ छैन् । गिरिजा पुत्री सुजाता, डा. आरजु भन्दा कम होइनन् । शुद्धता र निष्ठावान खोजेर कसैले पाउँदैन । काँग्रेसमा जो शुद्ध छ उसले ठाउँ पाउँदैन । माननीयको टिकट बेच्ने, स्थानीय तहका प्रमुख उपप्रमुखको टिकट बेच्ने प्रहरीको डिएसपीलाई एसपी बनाउन रु ३५ लाख आइजीपी बन्न ७ करोड माग्ने देउवाको दरबारभित्र डढेको पैसाले दाजुभाउजुका सेबकहरूको दिन गएका छन् । काँग्रेसले समयमा महाधिवेशन गर्दैन । तर जहिले गर्छ त्यो बेला डा. शेखरसँग गगन, विश्वप्रकाश, प्रदीप पौडेल, गुरुराज घिमिरे जोडिए भने देउवा गुटको आज शिर उठ्ने छैन । आफू अगाडि नपर्ने श्रमिती डा. आरजु राणाको लुटतन्त्रमा सघाउने शेरबहादुरका लागि काँध थाप्न तम्सेका कृष्ण सिटौला, गोपालमान श्रेष्ठ, डा. शशांक कोइराला हुन् वा विमलेन्द्र निधि र विजय गच्छदारसम्मको पार्टीमा स्थान अब रहेन । यथास्थितिवादलाई च्यापेर नत काँग्रेस अब चल्छ नत नेकपा एमाले । समयको माग बुझेर नै माओवादी धार त्यागेका डा. बाबुरामले पार्टीको नामै समाजवादी राखे । तर समाजको वर्ग भेदको अन्त्य तत्काल सम्भव छैन । काँग्रेस त खस आर्य समूहमा देउवा पत्नी डा. आरजु राणा सांसद मधेशी कोठाबाट विमलेन्द्र निधि समानुपातिक सांसद हुनै पर्ने पार्टी हो ।
डा. शेखर र गगनको टिम छुट्टिएको थिएन भने शेरबहादुर देउवालाई कठिन हुन्थ्यो । केन्द्रीय समितिमा शेरबहादुर बहुमत भए पनि पदाधिकारीमा उनी बहुमत थिएनन् । म नेतृत्व गर्ने भन्दै गगनले जब संसदीय दलमा डा. शेखरलाई उम्मेदवार बन्न दिएनन् उनकै खैरियत त्यही देखियो । ३५ जनामा १० जनाले गगनलाई आफ्नै टिमबाट अस्वीकार गरेपछि फेरि उनी भाउजुको प्यारो बन्नु नै गल्तीमाथिको गल्ती थियो । समय छ, गगनले बुद्धि पु¥याएन भने डा. शेखरलाई सभापति आफू उपसभापति, प्रदीप पौडेल, गुरुराज घिमिरे, महामन्त्री विश्वप्रकाश शर्मालाई कुनै महत्वपूर्ण स्थानमा राखेर आगामी राजनीतिको तयारी गर्न सक्नुपर्छ । समाजले खोट लगायो । गगनको बाख्राको खोर र मासु पसलको नाटक त जनताले भोग्यो । उनले रविको साथ र माओवादीको मत नपाएको भए ०७९ मै थन्कनु पथ्र्यो । सार्वजनिक जमिनको विवादमा उनी कतै खुल्दैनन् । नत पशुपतिनाथको सम्पत्ति बतास समूह र धर्मशाला मारवाडीको कब्जाका बारेमा काठमाडौं महानगरले उठाएको मुद्दामा बोले । स्वार्थ त गगनका कति छन् जो हिजो दरबार र भारतीय दूतावासको सहयात्री बन्दै नेपालमा भित्रिएका एन्टीना फाउन्डेशन, बारबरा प्रतिष्ठान जस्ता संस्थासँग जोडिएका छन् । गगन जस्तो नेताले खाली कागजमा रवि लामिछानेको सहकारी ठगीको प्रमाण छ, कान्तिपुरको समाचार कायम छ भनेर संसदमा डुक्रिँदा सहकारी ठगी सम्बन्धी सूर्य थापाको प्रतिवेदन मै आफैं हस्ताक्षर गरेर रविले कतैबाट पैसा लिएको प्रमाण नहुँदा गल्ती सुधारेको खोई ? काँग्रेस पार्टी पुरातनवादी भएकैले समय अनुसार चल्ने र चलाउनेहरूले नेतृत्व लिनुपर्छ भनेको हो । कृष्ण सिटौला आर्थिक रुपमा कतै मुछिएन । तर प्रचण्ड जस्तो सुधारवादी नेताको मन्त्रीपरिषद्मा स्वास्थ्यमन्त्री बन्दा गगनका बिर्सन नसक्ने कुनै त्यस्तो योजना आएनन् । बीमा लागू भयो अस्पतालमा बीमाको कागज लिएर बिरामी उपचारमा जान्छ तर अस्पताल व्यवस्थापनले मानवीयता देखाउँदैन । रु ५ लाखको एक्सरे मेशिन १५ लाख ५५ लाखको एमआरआई मेशिन १ करोड ४५ लाखमा वीर अस्पतालले भिœयाएको गगनकै पालामा हो । दलाल उनै विकास लम्साल हुन् । उपकरण मर्मतका नाममा गरिने लुट अहिले प्रदीप पौडेलले रोके । राष्ट्रिय आविष्कार केन्द्रसँग समन्वय गर्न गगनलाई राष्ट्रिय भाउजुले रोकेकी हुन् ? त्यो बेला सरकारी अस्पतालमा उपकरण खरिदमा होस् वा औषधि खरिदमा नियन्त्रण गर्न सक्नु पथ्र्यो । देश जेन्जीले हल्लाएको छ । गगनहरू फेरि मै नेता मेरै नेतृत्व भन्न थाले पनि अवस्था उस्तै हुन्छ । त्यही कारण सुहाउने र पत्याउनेहरूलाई सभापति पदमा अगाडि सार्दै भोलिको बाटो खोज्न गगनले सक्नुपर्छ ।
२०८२ फाल्गुन २८
ताजा नेपाल
२०८२ फाल्गुन २८
ताजा नेपाल
२०८२ फाल्गुन २८
ताजा नेपाल