Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । काँग्रेसी सांसद डा. सुनिल शर्माले संसदको रोष्टमबाट ओली सरकार र काँग्रेस एमालेका भ्रष्टाचारले चुर्लुम्म डुबेका नेताहरूलाई तीनले गरेको पापको सजाय समयले दिने कुरा बताइरहँदा डा. चन्द्र भण्डारीले अनुहार छोपेको सञ्चार भयो । पार्टीको नीति, सिद्धान्त, विधि, प्रक्रियाको ख्याल नगरी देशमा खुलम खुल्ला लुट चम्काउने काँग्रेस र एमालेको सत्ता गठबन्धनको चर्को विरोध भइरहेको छ ।
कर्मचारीको कुलिङ पिरियड नराख्ने राज्य व्यवस्था तथा सुशासन समितिको निर्णयमा नेकपा एमालेले गरेको गद्दारीलाई राष्ट्रियसभाका एमाले सांसदहरूले नै भण्डाफोर गरे । काँग्रेसी सांसद रामहरि खतिवडाले नैतिकताको आधारमा सभापति पद त्याग्दा प्रधानमन्त्री केपी ओलीले मन पराएका मुख्यसचिव एकनारायण अर्यालले संसदका सचिव पदम पाण्डे, गृहसचिव गोकर्णमणि दुवाडी, श्रम सचिव कृष्णहरि पुस्करको हुलले दिएको दबावको भण्डाफोर गरिदिए । प्रधानमन्त्री समक्ष कुलिङ पिरियड नराखीदेउ उमेरहदले पद गुमेको भोलिपल्ट अख्तियारका प्रेम राई जस्तै गरी संवैधानिक तहमा नियुक्ति गर्ने ठाउँ खाली देऊ भनेकै भरमा एमाले यसरी नांगै भएको हो । सार्वजनिक सम्पत्ति देख्नै नहुने भूमाफिया र विचौलियासँग पैसा खाएर आफू शुद्ध बन्ने एमालेको ओली ब्राण्डको सिद्धान्त हो । तर काँग्रेसको देउवा समूहले यो अपराधको सेवा गर्दा ओलीबाट पाउने प्रधानमन्त्री पद हो । त्यो पनि ओलीका संसद विघटन गर्ने, आफ्नालाई राज्य लुट्न छूट दिने, विपक्षीलाई धरौटी राखेर जेल बाहिर बस्न नदिने षड्यन्त्तको शिकार देउवाको प्रम पद हुन्छ कि भन्ने शंका काँग्रेसभित्रै हिजो नक्कली भुटानी काण्डको कारबाहीमा परेका बालकृष्ण खाँण समेतको आक्रोशले जटील बनाएको छ । बालकृष्ण खाँणले देउवा गुट त्यागेका छन् ।
डा. शेखर कोइराला समेत वर्तमान सरकारको चरित्र र शैलीले आत्तिएका छन् । हिजो डा. मिनेन्द्र रिजाललाई आफ्नो दूतको रूपमा बालकोट पठाएर प्रचण्ड नेतृत्वको सरकार ढाल्न सक्रिय डा. कोइराला माओवादी र काँग्रेस गठबन्धनको मतबाट चुनाव जितेका नेता हुन् । ०७४ मा शेरबहादुर देउवाको टिमै लागेर शेखरलाई हराउँदा वामपन्थीको उम्मेदवार लालबाबु पण्डितले चुनाव जितेका थिए । डा शेखरले आफ्नो प्रतिद्वन्द्वीलाई चिन्दिन भनेर प्रस्तुत भएकै कारण चुनाव हारेको काँग्रेसीहरू बताउँछन् । यिनै शेखर, डा. सशांक, सुजाता, मिनेन्द्र रिजाल, बलबहादुर केसी पार्टीको प्रदेश समितिको सभापतिमा उम्मेदवार भएका गुरुराज घिमिरेलाई मत दिन नजाँदा झापाका उद्धव थापाले त्यो पद कब्जा गरेका थिए । उनी कृष्ण सिटौला पक्षका थिए । केदार कार्की, डा. शेखरको टिमका हुन् । उनलाई उद्धव थापाको टिमले सघाएन । ०८४ को चुनावमा अहिले बदनाम भएका अरु त अरु सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका गगन थापादेखि रामहरि खतिवडासम्मले चुनाव जित्ने आधार खस्केको छ । किनकि मुलुक लुट्ने मुल उद्देश्य राखेर गठन भएको ओली सरकारले जनता ढाँटेको छ ।
एमालेको ओली समूह विरुद्ध गिरिबन्धु टिइस्टेट, पोखराको लिचीवारी, बालुवाटार जग्गा काण्ड हुँदै भूमि सम्बन्धी ऐनको मस्यौदा नै काफी छ । मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादकै उत्तराधिकारी विद्यादेवी भण्डारीलाई पार्टीमा फर्कन नदिने ओली नीति अर्को स्क्याण्डल बन्ने छ । भण्डारीले एमालेको ओली गुटको मनपरी चम्काउने टिमका विरुद्ध जनता र कार्यकर्ता सामू सम्बन्ध विस्तार गर्दैछिन् । वापमन्थीहरूका बीचमा एकता, सहकार्यको एजेन्डा चिनियाँ सुझाव अनुसार आएको हो । चीनले आफ्नो देशमा भ्रमण गराउन वापमन्थी नेताहरूलाई पार्टी एकता गर्न सुझाव दिएको छ । एमाले अध्यक्ष केपी ओलीको दम्ब र अहंकारका कारण चीनले समेत एमालेसहित वाम सहकार्य गर भन्न छाडेको छ । किनकि केपी ओलीले आफैं महाराज बन्न जसरी पार्टीमा विचारको बहस बन्द गराएका छन् त्यसको विपक्षमा देशका अरु वापमन्थी शक्तिहरू छन् भन्ने हेक्का ओलीमा छैन ।
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल