Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । डिपेन्डेन्टमा क्यानडा लैजाने भन्दै लाखौं ठग्ने एक युवती प्रहरी फन्दामा परेकी छन् । दोलखा बैतेश्वर गाउँपालिका(८ घर भई भक्तपुर मध्यपुर थिमि(३ गठ्ठाघर बस्दै आएकी २७ वर्षीया सुजिता अधिकारीलाई प्रहरील पक्राउ गरेको हो । सुजिताले आफू अध्ययनका लागि क्यानडा जान लागेको र भिसा पनि आइसकेको बताउँदै डिपेन्डेन्टमा लैजाने भनेर एक युवकसँग २० लाख लिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले बताए । एसपी आचार्यका अनुसार पैसा लिएर युवती सम्पर्कविहीन भएपछि पीडितले जाहेरी हालेका थिए । सुजितालाई विहीबार टेकुबाट नियन्त्रणमा लिइएको हो । ती युवतीलाई अपराधिक लाभ (एक्टर्सन) सम्बन्धी कसूरमा अनुसन्धान थालेर जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको बताइएको छ ।
२०८२ बैशाख २६
ताजा नेपाल
२०८२ बैशाख २६
ताजा नेपाल
२०८२ बैशाख २६
ताजा नेपाल