Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

डिल्लीबजारका कैदीबन्दीबीच भयो झडप

काठमाडौं । काठमाडौंको डिल्लीबजार कारागारमा कैदीबन्दीबीच झडप भएको छ । महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी राजकुमार केसीले कैदीबन्दीबीच डिल्लीबजार कारागारमा झडप भएको पुष्टि गरेका हुन । उनले भने, अहिले प्रहरी घटना स्थलमा पुगिसकेको छ । के कारणले झडप भयो भन्नेबारे अनुसन्धान भइरहेको छ । उनका अनुसार कैदीबन्दीबीच झडप भएपनि अहिले स्थिति नियन्त्रणमा आइसकेको छ । चौकीदार परिवर्तन गर्ने विषयलाई लिएर झडप भएको कारागार स्रोतको भनाइ छ । झडपको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार