Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

डीआईजीमा बढुवा सिफारिसमा को को एसएसपी परे ?

काठमाडौं । नेपाल प्रहरीका १० प्रहरी वरिष्ठ उपरीक्षकहरु प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवाको सिफारिस भएका छन्। बढुवा सिफारिस हुनेहरुमा एसएसपी घनश्याम अर्याल, प्रकाश कार्की, बसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, सहकुलबहादुर थापा, धीरजप्रताप सिंह, बसन्तकुमार लामा, रवीन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी र अरुणकुमार बिसी छन्। बढुवाका लागि ३४ एसएसपी प्रतिष्पर्धामा थिए ।
शुक्रबार राति गृहमन्त्रालयमा गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले दुई महिनादेखि रिक्त १० डीआईजी पदमा उनीहरुलाई बढुवाको सिफारिस गरेको हो। गृह सचिव न्यौपाने अध्यक्ष रहेको बढुवा समितिमा आईजीपी ठाकुरप्रसाद ज्ञवाली सदस्य र एआईजी शैलेश थापा क्षेत्री सदस्य सचिव छन्।
गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले नेपालप्रहरीमा रहेको डीआईजी दरबन्दीआधाले कटौती गरेको थियो। सरकारले यसअघि कायम रहेको २६ डीआईजी दरबन्दीलाई १४ मा झारेको थियो।


सम्बन्धित समाचार