Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

डुवानमा परेकाहरुको उद्दार

काठमाडौं । काठमाडौं महानगरपालिका १६ वनस्थली स्थित ढुङ्गेधारमा अविरल वर्षाको कारण ढल जाम भई पानीको वहाव रोकिएर डुवानमा परेका करीव २ सय घरपरिवाहरुको एपीएफ टोलीले गएराती मध्यरातमा उद्वार गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर ९ बाहिनी बलम्वु, नम्बर २० गण हेक्वा काठमाडौं, नम्बर १९ गण हेक्वा कार्यदल र नम्बर २५ गुल्म हेक्वा काठमाडौंबाट खटिएको एपीएफ टोलीले डुवानमा परेकाहरुको मोटर बोटको सहाताले सकुशल उद्वार गरेको हो ।

यसैगरी कैलाली जिल्लाको भवनी नगरपालिका ५ पुलीयार स्थित कान्द्रा नदिमा अविरल बर्षाको कारण पानीको बहाव बढ्न गई डुवानमा परेका करीव १४ घरपरिवारका सामान र चौपाया भाद्र १५ गते एपीएफ टोली तथा स्थानीय प्रहरीले
सुरक्षित स्थानमा सारेको छ । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट भजनीबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले सो स्थानबाट डुवानमा परेका घरपरिवारका सामान तथा चौपाया सुरक्षित स्थानमा सारेको हो ।


सम्बन्धित समाचार