Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

डेंगुको महामारी ६ को मृत्य, ५ हजार बढी प्रभावित

काठमाडौं । डेंगुको कारण देशभर ६ जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको पछिल्लो तथ्यांकका अनुसार साउन १ गतेदेखि भदौ २४ गते सम्म ६ जनाको ज्यान गएको छ । त्यस्तै ५६ जिल्लाका ५ हजार ९५ जना डेंगुबाट संक्रमित भएका छन् ।
महाशाखाले सार्वजनिक गरेको तथ्यांकमा पछिल्लो समय प्रदेश ३ का जिल्लाहरुमा डेंगुको प्रकोप बढी देखिएको छ । प्रदेश ३ मा साउनदेखि भदौ २४ गते सम्ममा ३ हजार १ सय २६ जनामा डेंगु भेटिएको महाशाखाको तथ्यांक छ । यस्तै गण्डकी प्रदेशमा पनि बिरामीको संख्या एक हजार पुग्न लागिसकेको छ । गण्डकी प्रदेशमा ९ सय ७२ जनामा डेंगु भेटिएको छ । यस्तै प्रदेश १ मा ८ सय ३१ जना, प्रदेश ५ मा ९७ जना, प्रदेश २ मा ३९ जना, सुदूरपश्चिम प्रदेशमा २७ जना र कर्णाली प्रदेशमा ३ जनामा डेंगुको संक्रमण भेटिएको छ ।
प्रदेश ३ का १२ जिल्लाहरुमध्ये सबैभन्दा धेरै बिरामी काठमाडौं र चितवनका छन् । साउन यता मात्रै काठमाडौंमा १ हजार १ सय ७० जनामा डेंगु भेटिएको छ भने चितवनमा १ हजार १ सय २८ जनामा डेंगु भेटिएको छ ।
यस्तै मकवानपुरमा ७ सय २८ जना, ललितपुरमा ३५जना, भक्तपुरमा ३३जना, धादिङमा १८जना , काभ्रेमा ४ जना, सिन्धुलीमा ३ जना, नुवाकोट, दोलखा र रामेछापमा २(२ जना र सिन्धुपाल्चोकमा १ जना रहेका छन् ।