Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाल पत्रकार महासघ लुम्बिनी प्रदेश कार्यसमितिका सदस्य टेक मास्की रानाको निधन भएको छ। डेंगु संक्रमण भई लुम्बिनी प्रादेशिक अस्पतालको आईसीयूमा उपचाररत राना आज बिहान ३ बजे बितेका हुन्। उनमा डेंगुसँगै मिर्गौला र जन्डिसको समस्या पनि थियो।
पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले उपचारमा निरन्तर प्रयास गरिरहँदा पनि रानालाई बचाउन नसकेको भन्दै दुःख व्यक्त गरेका छन्।
दुई दशकदेखि पत्रकारितामा क्रियाशिल राना पछिल्लो समय रेडियो जागरणका समाचार प्रमुख थिए। उनी नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व कार्यसमिति सदस्य, आदिवासी जनजाति पत्रकार महासंघ फोनिज रुपन्देहीको सचिव र उपाध्यक्ष भएर काम गरेका थिए। केही वर्षअघि श्रीमती गुमाएका रानाका दुई छोरी र एक छोरा छन्।
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल