Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

डेंगु नियन्त्रण अभियानमा प्रहरी

चितवन । भरतपुर महानगरपालिका(२ लाइन्स चोकमा समुदाय(प्रहरी साझेदारी अन्तर्गत डेंगु नियन्त्रण अभियानका लागि प्रभातफेरी कार्यक्रममा शनिबार सम्पन्न भएको छ । भरतपुर महानगरपालिका तथा पालिका समिति भरतपुर समेतको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।
भरतपुर महानगरपालिका प्रमुख, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, उद्योग बाणिज्य संघ, चितवन उद्योग संघ, टोल बिकास समितिका पदाधिकारीहरु, स्थानीय क्लव, आमा समूह लगायतको सहभागितामा सचेतनामूलक ऱ्याली शहिदचोक, कमलनगर, पुल्चोक हुँदै पोखरा बसपार्क पुगि समापन भएको थियो ।
यसैगरी समुदाय(प्रहरी साझेदारी अन्तर्गत भरतपुर महानगरपालिका(७ मा सचेतनामूलक सरसफाई कार्यक्रम शनिबार सम्पन्न भएको छ । कार्यक्रममा ८ सय थान सचेतनामूलक पर्चा, पम्प्लेट समेत वितरण गरिएको थियो ।
यसैगरी समुदाय(प्रहरी साझेदारी अन्तर्गत ईच्छाकामना गाउँपालिका(५ स्थित ईलाका प्रहरी कार्यालय मुग्लिङ परिसरमा जेष्ठ नागरिकसँग छलफल तथा अन्तरक्रिया शुक्रबार सम्पन्न भएको छ । कार्यक्रममा स्थानीय जेष्ठ नागरिकहरुका समस्याहरु र सामाधानका प्रकृयाका बारेमा छलफल भएको थियो ।


सम्बन्धित समाचार