Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

डेब्यु खेलमै मेस्सीको जादु

एजेन्सी । अर्जेन्टिनाका स्टार फरवार्ड लियोनल मेस्सीले डेब्यु खेलमै उत्कृष्ट फ्रिकिक गोल गरेर इन्टर मियामीलाई जिताएका छन्। लिग कप २०२३ अन्तर्गत शनिबार भएको खेलमा उनले खेलको इन्जुरी समयमा उत्कृष्ट फ्रिकिक गोल गर्दै मियामीको सुखद सुरुवात गराएका हुन्। खेलको दोस्रो हाफको छैटौं मिनेटमा बेन्जामिनको स्थानमा मैदान छिरेका उनी क्रुज अजुलविरुद्धको खेल १र१ को बराबरीमा सकिन लाग्दा नतिजा मियामीको पक्षमा पार्न सफल भएका हुन्। उक्त खेलको पहिलो हाफको रोबर्ट टेलरको गोलमा मियामीले अग्रता बनाएको थियो। तर खेलको दोस्रो हाफमा क्रुज अजुलका लागि युरियलले गोल फर्काएर खेललाई बराबरीमा ल्याए। त्यसपछि खेल बराबरीमा सकिन लाग्दा मेस्सीले अजुलको डी एरियाबाहिर पाएको फ्रिकिकलाई खेलको इन्जुरी समयको पाँचौँ मिनेटमा गोलमा परिणत गरे।
मियामीका तर्फबाट स्पेनिस क्लब बार्सिोलाका पूर्वसहयात्री सर्जियो बुस्केकले पनि डेब्यु गरेका छन्। यस जितसँगै लिग कपमा मियामीले तीन अंक जोडेको छ।


सम्बन्धित समाचार

मोडलिङमा मोहित बनेका शाही

२०८१ बैशाख ३१

ताजा नेपाल

मधेशमा उपेन्द्रसँगै एक्लिए माधव

२०८१ बैशाख ३१

ताजा नेपाल