Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ढकालले गरे प्यानलको घोषणा

काठमाडौं । व्यवसायी चन्द्रप्रसाद ढकालको उद्योग वाणिज्य माहासंघमा प्यान सहितको उम्मेदवारी घोषणा गरेका छन् । मंगलबार ढकाल नेतृत्वको प्यानलले उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) को भावी कार्यसमितको लागि वरिष्ठ उपाध्यक्षसहित वस्तुगत, एशोशियट र जिल्ला तथा नगर गरी ४ पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । वरिष्ठ उपाध्यक्षका दाबेबार मानिएका उम्मेदवार ढकालको प्यानलबाट वस्तुगततर्फ उपाध्यक्षमा उमेशलाल श्रेष्ठको उम्मेद्वारी घोषणा भएको छ भने एशोसियट उपाध्यक्षमा रामचन्द्र संघाई र जिल्लारनगर उपाध्यक्षमा गुणनिधि तिवारीले संयुक्त रुपमा उम्मेदवारी घोषणा गरेका छन् । प्यानलको नेतृत्वकर्ता तथा वरिष्ठ उपाध्यक्षका उम्मेद्वार ढकाल महासंघकै हालका उपाध्यक्ष हुन् भने उमेशलाल श्रेष्ठ वस्तुगत तर्फका उपाध्यक्ष हुन् । अर्का दुई उम्मेदवार संघाई र तिवारी भने यसअघि महासंघमै रहेपनि जिम्मेवारीमा थिएनन् । यी ४ जनाले ढकाल प्यानलमा उम्मेदवारी घोषणा गर्दैै गर्दा महासंघको ५४ औं साधारणसभा र आसन्न चुनाव भने निकै रोचक बन्ने देखिन्छ । यतातर्फ ढकाल प्यानलले उम्मेदवारी घोषणा गर्दैगर्दा उता अर्को तर्फ वरिष्ठ उपाध्यसहित तत्तत् पदकै लागि व्यवसायी किशोर प्रधानको नेतृत्वमा प्यान खडा भएको छ । प्रधानको नेतृत्वमा व्यवसायी अञ्जनकुमार श्रेष्ठ वस्तुगत तर्फ, सौरभ ज्योति एशोशियटतर्फ र दिनेश श्रेष्ठले जिल्ला तथा नगरमा आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् । तर ढकाल प्यानलका नेतृत्वकर्ता चन्द्रप्रसाद ढकालले मंगलबारको सो सभामा भावी अध्यक्ष शेखर गोल्छाले दुई प्यानलमा विभक्त महासंघको अभिवाकत्व ग्रहण गर्न नसकेको आरोप लगाएका छन् । गोल्छाले प्रधान प्यानलको संरक्षण गरेर आफ्नो प्यानलाई वाइपास गर्न खोजेको ढकालको आरोप छ ।
सोही सभामार्फत ढकालले विगतमा आफ्नो गुन नविर्सन गोल्छालाई आग्रह गरेका छन् । ‘म शेखरजीलाई एउटा प्रश्न सोध्न चाहन्छु, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्न पाउने व्यवस्था केका लागि रु यस्तो व्यवस्था नभएको भए के हुन्थ्यो ।’ ढकालले भने, ‘जुन बेला म वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्न पाउने महासंघको विधानको पक्षमा उभिएको हुँ । नउभिएको भए जेपनि हुन सक्थ्यो । त्यसैले म शेखरजीलाई यो भन्न चाहन्छु विगतको गुन नबिर्सनुस्’ उनले भने । यता, उम्मेदवारी घोषणा गर्दै ढकालले व्यवसायिक निजी क्षेत्रको आमुल परिवर्तनसँगै मुलुकको आर्थिक पक्षको सुधारका लागि आफुहरुले प्यानलसहित उम्मेदवारी घोषणा गरेको बताए । निजी क्षेत्र राज्यकै साझेदार क्षेत्र हो । निजी विना राज्य पूर्ण हुन सक्दैन । राज्यलेनै अंगीकार गरेको तीन खम्बे अर्थनीति अनुसार मुुलुकको अर्थतन्त्र मजबुद पार्न पनि निजी क्षेत्रको सुधार अपरिहार्य छ । त्यसैले निजी क्षेत्रको उत्थानसँगै राज्यको अर्थतन्त्र सुधारका लागि हामी लागि परेका छौं ।