Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ढुक्क हुने अवस्था छैन मुलुकको अर्थतन्त्र

काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले मुलुकको आर्थिक शिथिलता सुधार हुँदै गएपनि ढुक्क हुने अवस्था नरहेको बताएका छन्। बुधबार काठमाडौंमा आयोजित दिगो आर्थिक विकासका लािग वित्त नीति विषयक कार्यक्रममा मन्त्री पुनले आर्थिक तथा बाह्य कारणले देखिएको आर्थिक शिथिलता सुधार हुँदै गएको भएपनि ढुक्क हुने अवस्था नरहेको बताएका हुन्। उनले विभिन्न तथ्यांकहरुको आधारमा गतवर्षभन्दा सुधार देखिएको जिकिर गरे। आर्थिक वर्ष सकिन तीन महिना बाँकी रहेको अवस्थामा यस वर्ष साढे चार प्रतिशत भन्दा माथि आर्थिक बृद्धि हुने मन्त्रालयको अनुमान रहेको उनले बताए। मन्त्री पुनले जलविधुत लगायतका क्षेत्रमा केहि राम्रो देखिएपनि निर्माण क्षेत्रमा भने केहि समस्या देखिएको धारणा राखे। उनले किसानहरुलाई प्रोत्साहन गर्ने गरि आगामी कार्यक्रम ल्याउने बताए। आगामी नीति कार्यक्रम, बजेट र मौद्रीक नीतिलाई मिलाएर लैजाने र जनतामा आशा जगाउने काम गर्ने उनको भनाइ छ।