Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १ सय ५ रुपैयाँ १८ पैसा बढाइएको छ । पृथ्वी राजमार्ग अवरुद्ध भएपछि ढुवानी लागत बढेको भन्दै ग्यास उद्योगीले मूल्य वृद्धि गरेका हुन् ।
मूल्य बढेसँगै काठमाडौं उपत्यकामा अब एक सिलिन्डर ग्यासको मूल्य २ हजार १६५ रुपैयाँ १८ पैसा पुगेको छ । व्यवसायीका अनुसार नयाँ मूल्य आजदेखि नै लागू हुनेछ ।
यसअघि प्रतिसिलिन्डर ग्यासको मूल्य २ हजार ६० रुपैयाँ थियो । नेपाल आयल निगमले भदौ १६ गते पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको जनाए पनि ग्यासको हकमा दूरीअनुसार थप ढुवानी लागत उपभोक्ताबाट लिन सकिने व्यवस्था गरेको थियो ।
निगमले उद्योगबाट ५० किलोमिटरसम्मको दूरीका लागि प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ मूल्य कायम गरेको थियो । तर, ५० किलोमिटरभन्दा लामो दूरीमा ढुवानी गर्दा लाग्ने थप खर्चका आधारमा मूल्य निर्धारण गर्न सकिने व्यवस्था निगमले गरेको थियो ।
यही व्यवस्थालाई आधार बनाउँदै व्यवसायीले ग्यासको मूल्य बढाएका हुन् । यसअघि निगमका विज्ञप्तिहरूमा ५० किलोमिटरभन्दा टाढाको दूरीमा ग्यास ढुवानी गर्दा ढुवानी लागतअनुसार थप मूल्य लिन सकिने स्पष्ट व्यवस्था उल्लेख नभएको व्यवसायीहरूले बताएका छन् ।
पृथ्वी राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट ग्यास ढुवानी गर्दा लागत बढेको उद्योगीहरूको दाबी छ । त्यसको भार भने अहिले उपभोक्तामाथि परेको छ ।
२०८३ भाद्र १९
ताजा नेपाल
२०८३ भाद्र १८
ताजा नेपाल
२०८३ भाद्र १८
ताजा नेपाल