Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

तक्माले सशस्त्रमा खैलाबैला

काठमाडौँ । राजनीतिक पहुँच भए सङ्गठन नियम ऐन धोती लाग्छ । यस पटक संविधान दिवसका बेला उपप्रम ईश्वर पोखरेलको समितिले नेपाल प्रहरी र सशस्त्र प्रहरीका केही चलाखहरूलाई सङ्गठनको सिफारिसबिना पदक दिलायो । बजारमा चोर बाटोबाट छिरेर पदक पाउनेले पैसा खर्च गरेको चर्चा छ । तर त्यो पैसा पदक सिफारिसकर्ता दलालले खाए कि ओम्नी र थामसेर्कु समूहका संरक्षक रक्षामन्त्री ईश्वर पोखरेलसम्म पुग्यो ? त्यसको छानबिनको पाटो बाँकी छ ।
पोखरेलले सेनालाई सताएका छन् । फास्ट ट्«याकको परामर्शदाता राख्न दिएनन् ।

परामर्शदाताको काम नक्सा बनाइदिने, बजेट खल्तीमा राख्ने, अडिटिङ गर्नु नपर्ने भएकाले पोखरेलले चुनाव खर्च सङ्कलन गर्न सेनालाई अड्काएका हुन् । यिनैले हो, वामदेवलाई चुनाव हराएको । पार्टीले जोड दिँदैनथ्यो भने गौतम राष्ट्रिय सभामा आउन सक्दैनथे । प्रम ओली र पोखरेलले जनताको बहुदलीय जनवादको सार्थकता अझै देख्नुको कारण यस्तै लुटतन्त्र चम्काउनु हो । तक्मा, फास्टट्र्य्राक, ओम्नी, थामसेर्कु प्रमाण बनेर बसेका छन् । ओली सरकारले पदक तथा विभूषण तीन पटक वितरण ग¥यो । माओवादी र एमाले सरकारको समयमा यी सांसद थिएनन् । एमालेको महासचिवको नाताले पैसा झार्न सकिने काम सिफारिस गर्थे । अहिले चुनाव जितेकै माओवादीको भोटले हो । तर उनले खेदो माओवादीकै गर्छन् । नैतिक दृष्टिले यी नेपाल ट्रष्टको अध्यक्ष हुने पदक विभूषण सिफारिस समितिको संयोजक बन्ने अवस्था होइन ।

आम्दानीका बाटो हुने भए जनता र राष्ट्रको नाम भजाउ र खाउ हो । त्यो रकमी चरित्रको पोखरेलले बुझेका छन् । त्यही कारण उनले विष्णु रिमालको सिफारिसमा सशस्त्र प्रहरीको भँडुवा एआईजी पुष्पराम केसी, नालायक डीआईजी चन्द्रप्रकाश गौतम र ८ नम्बर गण काकडभिट्टा झापा रहँदा तस्करसँग मिलेर भन्सार छलेर नेपालबाट भारत र भारतबाट नेपालमा तस्करी गर्न छुट दिने डीएसपी ज्ञानमणि पौडेललाई पदक दिलाए । प्रहरीतर्फ पनि एसपी दिनेश मैनाली, उनकै पत्नी डीएसपी भीमकुमारी पाण्डे, निरीक्षक चेतन पाण्डेले तक्मा किनेर विभूषित भएका हुन् । सङ्गठनले सिफारिस गरेको छैन । भटाभट विवादमा परेका, सङ्गठनमा गुटबन्दी गर्ने, संस्थागत सुधारको एजेन्डा रोक्नेलाई तक्मा तथा विभूषण यस्तो गाईजात्रा हरेक वर्ष हुन्छ । यस पटक सिफारिस समितिमै प्रधानमन्त्रीका जमदार र हवल्दारहरूले रजाइँ गरेकै देखियो । बाढीपहिरोको जोखिममा परेका जनताको उद्धार गर्ने सशस्त्र र सेनाका जवान कसैले पाएनन् । मिठाई पसले र भ्रष्टाचारीका संरक्षकले तक्मा पाएका छन् । पुरस्कार सरकारले त्यस्तैलाई दिने गरेको छ ।