Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

तपाईं विदेश जाँदै हुनुहुन्छ, यी ल्याबमा पिसिआर गर्नुस्

काठमाडौं । पैसाका लागि जे जस्तो रिपोर्ट पनि दिने थालेपछि सरकारले कोरोना परीक्षणको लागि तोकिएका २२ वटा ल्याबको रिपोर्टबाट विदेश भ्रमणमा जाने पाइने भएको छ । सरकारले विदेश भ्रमणका लागि २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जानेलाई पिसिआर परीक्षण गर्ने सम्बन्धमा सबै सरकारी पिसिआर प्रयोगशाला र २२ निजी अस्पतालको प्रयोगशालाको परीक्षण रिपोर्टलाई मान्यता दिने भएको हो। मन्त्रालयका अनुसार ग्राण्डी, कान्तिपुर, स्टार, ह्याम्स, काठमाडौं मेडिकल कलेज, नेपाल मेडिसिटी, बीएण्डबी, अल्का, कान्तिपुर डेन्टल, जनमैत्री, नेपाल मेडिकल कलेज, नेपालगञ्ज मेडिकल कलेज, चितवन मेडिकल कलेज, लुम्बिनी मेडिकल कलेज रहेका छन्। यस्तै, नेशनल मेडिकल कलेज, युनिभर्सल मेडिकल कलेज भैरहवा, मनमोहन मेमोरियल, काठमाडौं युनिभर्सिटी मेडिकल कलेज धुलिखेल, नोवेल मेडिकल कलेज विराटनगर, न्यूरोकार्डियो अस्पताल विराटनगर, विराट मेडिकल कलेज विराटनगर, लेप्रोसी मिसन नेपाल अस्पताल ललितपुरलाई मान्यता दिएको हो। मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयअनुसार सरकारी अस्पतालका प्रयोगशालाको साथसाथै निजी अस्पतालमा गराएको पिसिआर परीक्षणको रिपोर्टलाईसमेत विदेश जानका लागि मान्यता दिने निर्णय गरेको जानकारी दिए। सहप्रवक्ता अधिकारीले प्रक्रिया पुर्याएका अरु निजी अस्पताललाई पनि क्रमशः मान्यता दिने बताए।