Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। बैंकिङ प्रणालीमा अत्यधिक तरलता देखिएको छ। कर्जा निक्षेप अनुपात (सीडी रेसियो) का हिसाबले हेर्दा पनि साढे ४ खर्ब रुपैयाँ ऋण दिन सक्ने क्षमतामा बैंकहरु पुगेका छन्।
वर्षको सुरुमा ४५ खर्ब ४१ अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकहरुको निक्षेप आइतबार (असार २४ गते) सम्म ५ खर्ब ९ अर्ब रुपैयाँले बढेर ५० खर्ब ५० अर्ब रुपैयाँ पुगेको छ।
निक्षेप वृद्धिको तुलनामा ऋण लगानी निकै सुस्त छ। अहिलेसम्म १ खर्ब २६ अर्ब रुपैयाँ मात्र नयाँ ऋण गएको छ। वर्षको सुरुमा ४१ खर्ब ७५ अर्ब रुपैयाँ रहेको ऋण अहिले ४३ खर्ब १ अर्ब पुगेको छ।
बढ्दो रेमिटेन्सका साथै सरकारी खर्च बढेका कारण निक्षेपमा अत्यधिक सुधार भएको हो। निक्षेप बढेपछि अन्तर(बैंक सापटी एक प्रतिशतमा आइसकेको छ। सीडी रेसियो पनि ८२ प्रतिशत हाराहारी छ।
राष्ट्र बैंकले जारी गरेको ट्रेजरी बिलको ब्याज पनि अधिक तरलताका कारण निरन्तर घटिरहेको छ। सोमबारको तथ्यांक अनुसार, २८ दिनेको ३.०२ प्रतिशत, ९१ दिनेको ५.२५ प्रतिशत, १८२ दिनेको ५.६२ प्रतिशत र ३६४ दिनेको ६.३४ प्रतिशतमा आएको छ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल