Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ — लामो समयदेखि तरलताको अवस्था सुधार नभएपछि राष्ट्र बैंकले रिपोमार्फत ३० अर्ब रुपैयाँ बजारमा पठाउने भएको छ । अल्पकालिन रूपमा तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले १४ दिनका लागि उक्त रकम बजारमा पठाउन लागेको हो ।
त्यसका लागि राष्ट्र बैंकले आज दिउँसो अक्सन बोलकबोलका लागि बैंक तथा वित्तीय संस्थालाई आव्हान गरेको छ । बोलकबोलमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनी सहभागी हुन सक्नेछन् । उक्त रिपोको म्याद यही असोज २७ गते सकिनेछ ।
खासगरी हिन्दुहरूको चाड दसैं र तिहारमा वित्तीय प्रणालीमा तरलता अभावको समस्या झनै जटिल नबनोस् भन्ने उद्देश्यका लागि रिपोमार्फत केही रकम बजारमा पठाउन लागेको हो । राष्ट्र बैंकका अनुसार बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा अल्पकालीन अवधिको तरलता प्रवाह गर्न प्रयोग हुने उपकरण रिपो हो ।
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल