Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

तहसनहस भएपछि कांग्रेस मिल्ने ? हरि शर्माको लगानीमा भयो खेल

काठमाडौं । कांग्रेस विभाजन कसले र किन गरायो ? प्रदीप पौडेल, गुरुराज घिमिरे, विश्वप्रकाश शर्मा र डा. शेखर कोइरालालाई धोका किन दिइयो ? यो खेलमा अन्तर्राष्ट्रिय खुफिया संयन्त्रका हरि शर्मा किन लागे ? रवि लामिछाने, कविन्द्र बुर्लाकोटी र मनिष झाजस्ता रास्वपा नेताहरूविरुद्ध प्रधानमन्त्री बालेन्द्र शाहको गिरोह कसरी लाग्दैछ ? अहिले यिनै विषयमा राजनीतिक तहमा खिचडी पाक्न थालेको छ । विभाजित कांग्रेसभित्र एकताको सूत्राधार डा. शेखर कोइराला पार्टी विभाजनका बेला बुनिएका तानाबाना बुझेर नै दुईतिर नलागेका हुन् । दरबारको पुरानो शक्तिले समेत कांग्रेस विभाजन हुँदा साथ दिएको थियो । पत्रकारका नाममा भूषण दाहालदेखि भास्करराज राजकर्णिकारसम्म त्यसबेला सक्रिय थिए । अब कांग्रेस मिल्ने स्थिति छैन । चारतारे झन्डा दुवैले प्रयोग गरे पनि कानुनी रूपमा रुख चिह्न कसले पाउने भन्ने अवस्था छ । महामन्त्रीद्वयले आह्वान गरेको विशेष महाधिवेशनको औचित्य प्रतिनिधिको सनाखत थिएन । जब १५औँ महाधिवेशन सम्पन्न गर्न गगन थापाको टिम जुट्यो, त्यसबेला पूर्णबहादुर खड्काले कार्यवाहक सभापति भए पनि अडान लिन सकेनन् । बरु अन्तिम समयमा आफ्नै टिमका नेताहरूलाई गगनतिर पठाए ।
हरि शर्माले अन्तर्राष्ट्रिय खुफिया संयन्त्रको लगानीमा रातोपाटी, सेतोपाटी, बाह्रखरी, अनलाइनखबर, कान्तिपुरजस्ता न्युज पोर्टल तथा नयाँ पत्रिका र अन्नपूर्णजस्ता मिडिया गगनकै पक्षमा कब्जा गराए । गगन र विश्वले यो खेल बुझेका थिए । प्रदीप र गुरुराजहरू खेलौना बने । उदयशमशेरले यथार्थ बुझे पनि चासो दिएनन् । डा. शेखरलाई विशेष महाधिवेशनमा सहभागी गराएर माफियाकै डिजाइनमा नंग्याउने योजना थियो । तर उनी जोगिए । कोइराला वंशबाट फुत्केको पार्टीको महाधिवेशन अवैध ठहर गर्दै पुनः डा. शेखरको नेतृत्वमा एकताको महाधिवेशन गरी कानुनी रूपमा होल्ड भएको पार्टीको चुनाव चिह्न रुख खुलाउने समय नआउला भन्न सकिँदैन । आज डा. शशांक देउवा गुटले पत्याउने नेता बनेका छन् । विमलेन्द्र निधि र प्रकाशमान सिंहहरू आफैँ भ्रष्ट र बदनाम थिए । कृष्ण सिटौलाको हाइट पुग्दैनथ्यो । कांग्रेस प्रमुख प्रतिपक्षी दलका रूपमा स्थापित छ । तर पार्टी विभाजनले टोलटोलमा एकले अर्काको अस्तित्व अस्वीकार गर्ने परिस्थिति बनेको छ । यसले सिंहदरबार पोल्नेहरू शक्तिशाली भएका हुन् ।