Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ताजाखबरकर्मी श्रेष्ठलाई ‘क्वालिटी कला पत्रकारिता पुरस्कार’

बिभिन्न बिधामा अवार्ड र सम्मान प्रदान गर्दै चौथो संस्करणको ‘क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०८१’ सम्पन्न भएको छ । कार्यक्रममा प्रथम अभिनेत्री भुवन चन्द ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड –२०८१’ बाट सम्मानित हुनुभएकी छन् । चाबहिल स्थित चलचित्र विकाश बोर्डमा आयोजित सो कार्यक्रममा १० हजार १० रूपैयाँ सहित प्रथम अभिनेत्री चन्दलाई पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सो सम्मान प्रदान गरेका हुन् । सोही समारोहमा ५ हजार ५५५ रूपैयाँ सहित अग्रज पत्रकार सानुकाजी श्रेष्ठ ‘क्वालिटी कला पत्रकारिता पुरस्कार २०८१ बाट पुरस्कृत भए । त्यसैगरी समारोहमा नाट्यकर्मी वीरेन्द्र हमाल, गायिका सत्यकला राई, चलचित्र निर्देशक दिवाकर भट्टराई, नायक, निर्माता ध्रुब न्यौपाने, साउन्ड रेकर्डिस्ट संजय श्रेष्ठ, चलचित्र निर्माता बिनोद गुरुङ, चरित्र अभिनेत्री मञ्जु श्रेष्ठ, फोटो ग्राफर बद्री थापा, समाजसेवी डिल्ली माया गुरुङ, नृत्य निर्देशक शंकर बिसी, शिब बिक, समाजसेवी शान्ति सुनार (राज शान्ति), मनु थुक्लुङ सम्मानित भए भने गायक, गायिका र कलाकर्मीहरू अवार्ड तथा सम्मानबाट सम्मानित भएका थिए । अवार्डका निर्णायकमा चलचित्र निर्देशक सुचित्रा श्रेष्ठ, गायक डेभिड शंकर, गायिका जुनु रिजाल काफ्ले, संगीतकार हर्कुलेस बस्नेत, हास्य अभिनेता शेरबहादुर गुरुङ, बीजेन्द्र नौबागे रहेका थिए । विभिन्न कलाकारहरूको सांगीतिक प्रस्तुतिसहितको यो अवार्डको आयोजक एवं चलचित्र निर्देशक उमेश गुरुङले नेपाली चलचित्र र गीत संगीतको प्रवर्धनको लागि क्वालिटी फिल्मस्ले बिगत चार वर्षदेखि यो अवार्ड गर्दै आएको बताए ।