Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

तावाबाट फुत्किएका ओली भुङ्ग्रोमा, सातादिनभित्र वारपार

काठमाडौं । एमालेको विवाद उत्कर्षमा पुगेको छ । माधव नेपाल र केपी ओलीको एकता असम्भव देखिएपछि अध्यक्ष केपी शर्मा ओली माधव नेपाल बाहेकका नेता तान्ने प्रयासमा छन् । तर सत्ता बाहिर रहेका ओलीभन्दा सत्तामा जान तयार भएका माधवकै पक्षमा नेताहरुको जुलुस बढ्ने देखिएपछि केपी ओली तावाबाट फुत्किएर भुङ्ग्रोमा परेको अनुभूति गर्दैछन् । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पार्टीभित्र अध्यक्ष केपी शर्मा ओलीसँगको संघर्षलाई वार कि पार बनाउने गरी बढेका छन् । उनले आफूनिकटस्थ नेताहरुसँग शनिबार महत्वपूर्ण छलफल गरी राय सुझाव समेत लिइसकेका छन् । नेपालले पार्टी एकताका लागि ओलीले विगतका कदमप्रति माफी मागेर विज्ञप्ति जारी गर्नुपर्ने प्रस्ताव गरेका छन् । तर, ओलीले उल्टै नेपालले गल्ती गरेको भन्दै स्वीकारे आममाफी दिन सकिने निर्णय पार्टी बैठकबाट गराएका छन् । नेपाल र ओली दुवैले एक अर्कालाई दोषी भन्दै माफी माग्न भनेका छन् । तर, दुवै माफी माग्न तयार छैनन् । बीचको बाटो तय गरी पार्टी मिलाउन दोस्रो पुस्ताका नेताहरु लागेका छन् । तर, त्यो सफल भएको छैन । अब एमालेविवाद अल्झाइरहने पक्षमा ओली र नेपाल दुवै नभएको बुझिएको छ । केही दिनमै पार्टी केन्द्रीय कमिटी र संसदीय दलमा जतिसक्दो बढी सांसद आफू पक्षमा ल्याएर नेपाल निर्णयमा पुग्ने बुझिएको छ । सकेसम्म केन्द्रीय कमिटीमा बहुमत पुर्याएर नेपालले पार्टीमा पकड बनाएर ओलीमाथि कारबाहीको निर्णय गराउन खोजेका छन् । तर, त्यो सम्भव देखिएको छैन । नेपालले जतिसक्दो बढी केन्द्रीय सदस्य र सांसद बनाएर त्यही अनुसार प्रधानमन्त्री शेरबहादुर देउवालाई दल विभाजनका लागि अनुकूल हुने अध्यादेश ल्याउन लगाउने तयारी समेत गरेको बुझिएको छ । सम्भवतः नेपाल पक्षमा २० देखि ३० प्रतिशत सांसद पुग्दैछन् । त्यही अनुसार यसै हप्ता दल विभाजन सजिलो बनाउने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश आउन सक्छ ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल