Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

तिते करेला खानुको फाइदा

 

काठमाडौं । तपाई हामी सबैले तिते करेलालाई तरकारीको रुपमा सेवन गर्दै आएका छौ । तिते करेला मौसमी वेमौसमी दुवै खालको हुन्छ । हामीले दिनहुँ तरकारीको सेवन गर्दा करेला मात्रै नभएर अन्य विभिन्न तरकारीहरु प्रयोग गर्दै आएका हुन्छौ ।
तर तपाई हामी सबैलाई थाहा नहुन सक्छ की हामीले सेवन गर्दै आएका तरकारीले हाम्रो स्वास्थ्यलाई कत्तिको फाइदा गर्छ या वेफाइदा भन्ने कुरा । करेला न्यानो हावापानीमा फस्टाउने एक लहरे तरकारी बाली हो । करेला खेतीका लागि पानी नजम्ने र मलिलो बलौटे दोमट माटो भएको ठाउँ उपयुक्त मानिन्छ ।

नामले तिते करेला भए पनि यसको सेवनले हाम्रो स्वास्थ्यमा धेरै फाइदा पुर्याउने गर्दछ । यो तितो हुने भएकाले प्राय मानिसलाई मन नर्पन पनि सक्छ । केही जटिल स्वास्थ्य समस्या कम गर्नेदेखि शरीरलाई तन्दुरुस्त राख्नसमेत करेला उपयोगी देखिन्छ । करेला तरकारी तथा जुस बनाएर खान सकिन्छ ।

करेलामा विभिन्न खालका पौष्टिक तत्वहरू पाइन्छ । जस्तै क्याल्सियम, पोटासियम, कपर, आइरन र भिटामिन ९ए, बि–१, बि–२० पाईन्छ । यसको नियमित प्रयोगले चिनीजन्य अर्थात् मधुमेह तथा अन्य रोगीलाई फाइदा पु¥याउने गर्दछ । यस्ता स्वास्थ्य समस्या भएकाहरूले करेला खानु बढी लाभदायी हुन्छ,

मधुमेह
मधुमेहका रोगीहरूलाई करेला उपयोगी हुन्छ । करेलाले रगतमा चिनीको मात्रा सन्तुलन राख्न मद्दत गर्छ । विशेषगरी टाइप–२ मधुमेहका रोगीहरूलाई करेला निकै फाइदाजनक हुन्छ ।

कलेजोको समस्या
कलेजो स्वस्थ राख्न करेला निकै उपयोगी हुन्छ । कलेजो सफा र स्वस्थ राख्न करेला खानु पनि आवश्यक छ । करेलामा पाइने तत्वले कोशिकाहरूको निर्माण पनि गर्छ । करेला नियमित खानाले कलेजो सम्बन्धी समस्या हुन दिँदैन ।

पेटको दुखाइ
ठूलो चम्चाको एक चम्चा करेलाको रस मख्खनमा मिलाएर खाएमा पेटको दुखाइ कम हुन्छ । करेलाको रस पेट दुखाइ कम गर्न अचुक औषधि मानिएको छ ।

हैजा
हैजा लागेमा करेला खानु लाभदायी हुन्छ । करेलाको रसमा अलिकति प्याज र कागतीको रस मिसाएर खाएमा फाइदा पुग्छ । साथै, ताजा करेला पिँधेर यसमा अलिकति नून मिलाएर हैजाका रोगीलाई दुई–तीनपटक खान दिनु राम्रो हुन्छ ।

मिर्गौलाको पत्थरी
करेला पत्थरी भएकाहरूका लागि पनि फाइदा जनक हुन्छ । साथै, मिर्गौलामा पत्थरी भए करेला खाने गरेमा सो समस्याबाट छूटकारा पाउन सकिन्छ । करेलामा पाइने तत्वले पत्थर टुक्रा–टुक्रा पार्ने काम गर्छ, जसले गर्दा टुक्रिएका पत्थर पिसाब मार्फत शरीर बाहिर निस्कन्छ ।

क्यान्सर
करेलाले क्यान्सर हुनबाट बचाउँछ । यो पूर्णरूपमा प्रमाणित नभए पनि धेरै अध्ययन–अनुसन्धानले करेला खानाले क्यान्सर प्रतिरोधी क्षमता बढेको देखाएका छन् । करेला खाँदा अन्य रोग प्रतिरोधक क्षमता समेत बढ्छ ।

आँखाको समस्या
बच्चादेखि नै कतिपयलाई आँखासम्बन्धी विभिन्न रोगले सताउने गर्छ । हुर्कने क्रमसँगै बालबालिकालाई आँखासम्बन्धी विभिन्न समस्या देखा पर्छ । यस्ता समस्या कम गर्न करेला खानु दाभदायक हुन्छ ।

छाला सम्बन्धी रोग
करेलाले छालाजन्य रोगीलाई समेत फाइदा गर्छ । करेला नियमित खाएमा वा यसलाई मिस्रीमा पिसेर रातको समयमा लेप लगाउँदा पनि छालाजन्य समस्या कम हुन्छ । करेलाको रसमा कागतीको रस मिलाएर लाउँदा पनि मुसा, दादलगायत छालासम्बन्धी समस्याबाट छुटकारा पाउन सकिन्छ ।

कब्जियत
करेला खाएमा कब्जियत हुनबाट मानिसलाई जोगाउँछ । करेलामा फाइबर हुने भएकाले पाचन प्रक्रिया मजबूत बनाउन करेला सहयोगी हुन्छ । साथै, नियमित करेला खाएमा कब्जियतका रोगी लाभान्वित हुन सक्छन् ।

असन्तुलित तौल
करेलाले मानिसको तौल नियन्त्रण राख्ने काम पनि गर्छ । पाचनक्रिया स्वस्थ राख्न करेला सहयोगी मात्रै हुँदैन, यसमा हुने कम मात्राको क्यालोरीले मोटोपन रोक्न सघाउँछ ।


सम्बन्धित समाचार