Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

तिम्रा छोराछोरी यसैगरी मारिए यसैगरी चुपचाप बस्छौ माननीयज्यूहरु

काठमाडौं । कञ्चनपुरकी निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरण मुद्दा अझै अन्योलमा छ । पीडत परिवारले न्याय खोजेको वर्षौ भइसक्दा पनि हत्याका आरोपि पत्ता लाग्न सकेको छैन । तत्कालिन आईजीपी सर्वेन्द्र खनालको नाकमा कालो पोतिएको यो घटना त्यसपतिका प्रहरी प्रमुखहरुले पनि पत्ता लगाउन सकेका छैनन् । सो घटनामा बर्खास्तमा परेका प्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई पुनर्बहालीको बाटो खुलेको छ। जिल्ला अदालत कञ्चनपुरले बर्खास्तमा परेका विष्टसहित निलम्बन गरिएका सबै प्रहरीहरूलाई गत साउन १५ गते सफाइ दिने फैसला गरेको थियो। बुधबार बसेको मन्त्रिपरिषद बैठकले विष्टलाई पुनर्वहाली गर्ने निर्णय गरेको एक मन्त्रीले सेतोपाटीलाई जानकारी दिए। अदालतले सफाइ दिएपछि गृह मन्त्रालयले विष्टको पुनर्वहालीका लागि मन्त्रिपरिषदमा लेखी पठाएको थियो।

फैसलासँगै विष्टले पुनर्बहालीका लागि प्रहरी प्रधान कार्यालयमा निवेदन दिएका थिए। प्रधान कार्यालयले उनको निवेदन गृह मन्त्रालयमा पठाएको थियो। फौजदारी न्याय प्रणालीमा सफाइ पाउनु कसुर स्थापित नभएको ठानिने हुनाले स्वतस् न्यायका लागि अपिल गर्न सकिन्छ। विष्टसहित मुद्दा खेप्ने प्रहरीहरूमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का डिएसपी अंगुर जिसी, डिएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर एकेन्द्रबहादुर खड्का, इन्स्पेक्टर जगदिशप्रसाद भट्ट, सई हरसिंह धामी, सई रामसिंह धामी र जवान चाँदनी साउद थिए।

अन्य निलम्बनमा परे पनि विष्ट र प्रहरी निरीक्षक भट्टलाई प्रधान कार्यालयको सिफारिसमा गृहले बर्खास्त गरेको थियो। भट्टलाई पनि पुनर्वहाली गर्न मन्त्रिपरिषदले निर्णय गरेको ती मन्त्रीले बताए। विष्ट र भट्टलाई २०७५ भदौ ३१ गते निलम्बन गरिएको थियो। त्यसको एक महिनापछि असोज २९ गते प्रधान कार्यालयले विष्ट र भट्टलाई बर्खास्त गर्न गृहमा चिठी लेखेको थियो।

सोही चिठीका आधारमा गृहले २०७५ कात्तिक ८ गते विष्ट र भट्टलाई बर्खास्त गरेको थियो। २०७५ साउन ११ गते बिहान पन्तको शव बलात्कारपछि हत्या गरेको अवस्थामा कञ्चनपुर भीमदत्त नगरपालिका १८ को उखुबारीमा फेला परेको थियो। उक्त बलात्कार हत्याका वास्तविक दोषी अहिलेसम्म पनि पत्ता लागेका छैनन्। प्रहरीले उक्त घटनामा गम्भीर लापरबाही गरेको, प्रमाण नष्ट गरेको र यातना दिएको तथा त्यसबेला विष्ट र भट्ट कञ्चनपुरमा कार्यरत् रहँदा सो लापरबाही भएको भन्दै उनीहरूलाई सेवाबाट हटाउने निर्णय गरिएको थियो।

के मन्त्रिपरिषदका कुनै सदस्यका छोरी चेली यसरी बलात्कारपछि हत्या गरिएको थियो भने पीडितलाई न्याय खोज्नुको सट्टा प्रहरीलाई जागिरमा फिर्ता लाने हतारो हुन्थ्यो होला ? छोराछोरी गुमाउनु पर्दाको पीडा ती भष्मासुरहरुलाई पत्तो भए आजसम्म निर्मलाले न्याय पाउने थिइन् ।


सम्बन्धित समाचार