Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । जागिरको अवधिभर नेतालाई थैली बुझायो, लुट्यो, उनको धन्दा त्यही हो । उपत्यकावासीको खानेपानीको सपनामा रजाई गरेका तिरेशप्रसाद खत्रीले एडिबीकै दलाललाई केयुकेएलमा भिœयाउन चलाएको औजारमा खिया लागेको छ । खत्री अध्यक्ष रहेको केयुकेएल बोर्डले कार्यकारी नियुक्तिका लागि खोलेको विज्ञापनमा इञ्जिनियर प्राविधिकहरूको भिडमा अर्थशास्त्रका विद्यार्थी अशोक पौडेललाई भिœयाएर उनैलाई केयुकेएलको कार्यकारी बनाइने दाउमा खानेपानी मन्त्रालयका सहसचिव तिरेश खत्री टुप्पी कसेर लागेका छन् । कामभन्दा राजनीति गर्ने केयुकेएलका कर्मचारी नेताले खत्रीको चलाखी बुझेकै छन् । खत्रीले प्रतिस्पर्धी आठ जना उम्मेदवारको प्रस्तुती सुन्नका लागि पूर्व अर्थसचिव सुमन शर्मा र महेश भट्टराईसम्मको टिम लगेका थिए । अर्थशास्त्रीका नाताले राष्ट्रबैंकको कर्मचारी डा. युवराज खतिवडा गभर्नर बन्दाका बेलाका पिए अशोकको व्यवसायिक प्रस्तुतिको फरमानमा तिरेश मन्त्रमुग्ध भए भने जाँचकी सुमन शर्मा, महेश भट्टराईहरूले इञ्जिनियरहरू उमेश मरहठ्ठा, अर्जुन ढकाल, रमेश केसीजस्ताको प्राविधिक प्रस्तुतीको भ्यालु रोखनन् । नियम अनुसार सो प्रस्तुतीपछि बोर्डले ३ जनाको नाम मन्त्रालयलाई सिफारिश गर्नुपर्छ । बोर्डको अध्यक्ष लामो समयसम्म भएकाले तिरेश खत्रीलाई केयुकेएलको सबै आन्तरिक कुरा थाहा छ । उनले स्थानीय तहले अस्वीकार गर्दा आफू पंगु बन्न सक्ने वातावरणको आँकलन गरेका छैनन् । किनिक केयुकेएल बोर्ड स्थानीय तह बहुमतमा छ । व्यवहारिक रुपमा जुन रुखको बोक्रा हो त्यो सुहाउने हुन्छ । खानेपानीको पीडा जनप्रतिनिधिलाई थाहा छ । केयुकेएल भनेको उपत्यकाभित्रको खानेपानी प्रबन्ध र पूर्ण व्यवस्थापन गर्ने संस्था हो । त्यहाँ त्यहींको प्राविधिक जरुरी हुन्छ । एडिबीको ऋणमा मेलम्ची खानेपानी आयोजना सम्पन्न गर्न ३५ वर्ष लाग्यो, शुरुमा १३ अर्ब अनुमान गरिएको मेलम्चीको लागत नेता पाल्दा, महंगा गाडी किन्दा ३६÷३७ अर्ब पुगेको छ । त्यो सबै एडिबीको ऋण हो । यस पटक प्रधानमन्त्री पुष्पकमल दाहालले ठेकेदार पक्ष र इञ्जिनियरहरूलाई विशेष आग्रह गरेर नै माघ १ गते मेलम्चीको पानी पुनः प्रस्तान्तरण गराएर सिंहदरबारमै नयाँ धारा जडान गरी उद्घाटन गरेका हुन् । पूर्व राष्ट्रपतिले भृकुटीमण्डपमा उद्घाटन गरेको धारामा पानी आउँदैन । तिरेशहरूलाई त्यसमा चासो छैन । चरण चरणमा अवधि थप्दै आयोजना कार्यान्वयन निर्देशनालयमा बसेर लुटेका तिरेशका विरुद्ध अख्तियारमा मुद्दाका चाङ छन् । पैसाले दबेका भ्रष्टाचारका मुद्दा खोतलिन्छन् भन्ने कुरा ललिता निवास प्रकरणका नाइके तत्कालिन भौतिक योजना सचिव दिप बस्नेत हुन् । तिरेशप्रसाद खत्रीले आफैंले हाँकेका आयोजना कार्यान्वयन निर्देशनालयलाई पछिल्लो पटक सघाएनन् । उनकै कारण पिआइडीका प्रशासक पीडित छन् । केयुकेएल बोर्डको अध्यक्ष उनै छन् । पिआईडीका कतिपय फाइल केयुकेएल बोर्डले स्वीकृत गर्नुपर्छ । आवश्यकताको आधारमा उनले बैठक राख्दैनन् । त्यसको असर पिआईडीले सहेको छ । अहिले खानेपानी मन्त्री महेन्द्र यादव र सचिव सुरेश आचार्य समेत केयुकेएलको विषयमा तिरेशप्रसाद खत्रीको लाजतिर ध्यान दिएका छैनन् । उनीहरूले मेलम्चीलाई दिगो बनाउने योजना ल्याएका पनि छैनन् । पिआईडीबाट गाडी माग्ने, इन्धन माग्ने काम यिनीहरूको पनि उस्तै हो । त्यसका समस्याका बारेमा चासो दिने चिन्ता जाहेर गर्ने भनेको प्रधानमन्त्रीले मात्रै हो ।
सरकारमा नेपाली काँग्रेसका मन्त्री थुप्रै छन् । काँग्रेसका अर्थमन्त्री र स्वास्थ्यमन्त्रीको लुटले सरकारकै बदनाम भएको छ । पढेर मात्र केही हुँदैन, व्यवहार र बाध्यता नबुझेका सत्ता लम्पट डा. प्रकाशरण महत विगतमा पनि सफल चरित्र होइनन् । उनकै कारण काम सम्पन्न भएका ठूला आयोजनाका ठेकेदार रोएका छन् । भौतिक पूर्वाधार, सिञ्चाई, शहरी विकास मन्त्रालयका फाइल अर्थमा छन् । माघ १५ सम्म सबै भुक्तानी दिने बचन दिएका अर्थमन्त्रीले भुक्तानी दिने ठेकेदार भेट्न खोज्दा काँग्रेसकै ठेकेदार रवि सिंहहरू आक्रोशित छन् । अर्थमन्त्री स्वयंले माघ १५ भित्र भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतका सबै भुक्तानी गरिसक्ने बताएका थिए । तर त्यो काम भएको छैन । यसबारे सभापति शेरबहादुर देउवालाई चासो छैन । केयुकेएलमा कार्यकारी हुने केयुकेएलकै इञ्जिनियरहरू हुन् । सरकारले अर्जुनबाबु ढकाल र रमेश मरहठ्ठामध्ये एकजना छनोट गर्नेछ । रमेश केसी महाराजगञ्जमा बसेर चक्रपथ सुधार आयोजनबाट प्राप्त बजेट राम्रैसँग खेलाएका स्थानीय काठे हुन् । उनले त्यो बेला बजारमै नआउने पत्रिकामा ठेक्का टेण्डर खोलेर आफ्नो लुटतन्त्र सफल बनाउँदा यिनै तिरेशको साथ पाएका थिए । तिरेशको जोड एमालेका उम्मेदवार अशोक पौडेल र रमेश केसीमा थियो । तर यी दुवै पात्र सरकारको नजरमा अस्वीकृत हुने अवस्था छ । गोरखाका इञ्जिनियरहरूको प्रतिस्पर्धामा माओवादी जोडिन्छ । काँग्रेस जोडिन्छ । तर दुवै जना केयुकेएल संरचनाबाट टाढा नभएकाले मन्त्री परिषद्ले छान्दा वा प्रमले स्वीकार गर्दा संकट आउने छ । किनकि दुवैजना प्रम जहाँबाट चुनाव लडेर जिते त्यही क्षेत्रका हुन् । माओवादीप्रति को नरम, को गरम भन्ने कुरा चर्चामा रहन सक्छ । तर विज्ञता, कार्यक्षमता र अनुभव प्रमुख कुरा हो ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल