Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

तिहारको मौका पारी ५ लाख बराबरको धनमाल चोरी

काठमाडौं । तिहारको मौका पारेर भक्तपुरमा नगद, गरगहनालगायतका सामान चोरी भएको छ। काभ्रेपलाञ्चोक पनौती नगरपालिका–७ घर भई सूर्यविनायक नगरपालिका–४ हर्षचोकमा गाई फर्म सञ्चालन गरिरहेका ३८ वर्षीय जुगलदास दङ्गालको फार्मबाटै नगद, सुनका गहना र अन्य सामान गरी रु ४ लाख ७३ हजार बराबरको धनमाल चोरी भएको महानगरीय प्रहरी वृत्त थिमिको मुद्दा शाखाले जानकारी दिएको छ। चोरीबारे थप अनुसन्धान र चोरी गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।