Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खुल्ने

काठमाडौं । हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि खुल्ने भएका छन्। भदौ २९ गते परेको तीजमा दर्शनार्थीका लागि विशेष पूजा तथा दर्शनको व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

दर्शनार्थीको सहज व्यवस्थापनका लागि मन्दिरबाहिर पाँचवटा र मन्दिर परिसरभित्र प्रवेश गरेपछि आठवटा लाइनको व्यवस्था गरिएको छ। तीजमा महिलाको संख्या उल्लेख्य हुने भएकाले महिला सुरक्षाकर्मी थप परिचालन गर्न कोषले सरकारसँग अनुरोध गरेको छ।

ट्राफिक व्यवस्थापनलाई सहज बनाउन विशिष्ट व्यक्तिका सवारीसाधन कोषको कार्यालय परिसरमा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ। अन्य सवारीसाधनका लागि भण्डारखाल पार्किङ, सिफल चौर, वनकाली पार्किङ, तिलगंगा र उमाकुण्ड पार्किङस्थल तोकिएको छ।