Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

तीन कम्पनीको आईपीओ सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा विभिन्न तीन कम्पनीको आईपीओ सूचीकृत भएको छ । घोराही सिमेन्ट, थ्री स्टार हाइड्रो र अपर स्याङ्गे हाइड्रोको आइपीओ आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।
यसैक्रममा घोराही सिमेन्टको ३ करोड ९७ लाख १९ हजार ६ कित्ता आईपीओ सूचीकृत भएको हो । सर्वसाधारणका लागि बिक्री गरिएको ७९ लाख ४३ हजार ८ सय १ कित्ता र संस्थापकहरुको ३ करोड १७ लाख ७५ हजार २ सय ५ कित्ता शेयर सूचीकृत भएको हो । नेप्सेमा सूचीकरण भएसँगै आइतबारबाट शेयर कारोबार हुनेछ । रु. २२६.६१ देखि ६७९.८३ ओपन रेञ्ज निर्धारण गरिएको नेप्सेले जनाएको छ ।
त्यस्तै थ्री स्टार हाइड्रोको ४९ लाख २५ हजार कित्ता आईपीओ सूचीकृत भएको छ । सर्वसाधारणलाई बिक्री गरिएको १२ लाख ३१ हजार २ सय ५० कित्ता र संस्थापकहरुको ३६ लाख ९३ हजार ७ सय ५० कित्ता आईपीओ सूचीकृत भएको हो । उक्त कम्पनीको पनि आइतबारदेखि कारोबार हुनेछ । रु. ८५.६५ देखि रु. २५६.९५ ओपनिङ रेञ्ज निर्धारण गरिएको छ ।
त्यसैगरी अपर स्याङ्गेको २२ लाख कित्ता कित्ता आईपीओ सूचीकृत भएको छ । सर्वसाधारणलाई बिक्री गरिएको ८ लाख ७० हजार कित्ता र संस्थापकहरुको १३ लाख ३० हजार कित्ता आईपीओ आजै सूचीकृत भएको हो । नेप्सेमा सूचीकरण भएपछि आईतबारदेखि नै उक्त कम्पनीको आईपीओ पनि सूचीकृत हुनेछ । रु. ८४.५४ देखि रु. २५३.६२ ओपनिङ रेञ्ज निर्धारण गरिएको नेप्सेले जनाएको छ ।


सम्बन्धित समाचार