Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

तीन तहको निर्वाचन एकैपटक गर्ने तयारी

काठमाडौं। तीन तहको निर्वाचन नजिकिँदै गर्दा मुलुक कोरोना संक्रमणमा नराम्रोसँग फसेको छ । स्थानीय निकायको निर्वाचन वैशाखमा हुने सम्भावना लगभग समाप्त भइसकेको छ । निर्वाचन आयोगको आग्रहका बाबजुद सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेको छैन । निर्वाचनका लागि कम्तिमा एक सय दिनको तयारी आवश्यक रहेको भनाई आयोगले सार्वजनिक गरिसकेको छ । तर, सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहले उपयुक्त समयमा निर्णय लिने जवाफ दिए । सरकार स्थानीय निकायको निर्वाचन प्रतिनिधि सभा र प्रदेश सभासँगै गर्नेबारे समेत आन्तरिक छलफलमा जुटेको छ । तर, ५ जेठमा स्थानीय निकायका जनप्रतिनिधिको कार्यकाल सकिएपछि काम ठप्प हुने अवस्था छ । त्यतिबेला संवैधानिक बाधा अड्चन फुकाउन अध्यादेशको सहारा लिइने सम्भावना पनि छ । प्रतिनिधि सभाको निर्वाचनसँगै कात्तिकमा स्थानीय तहको चुनावको चर्चा पनि छ । तीन तहको चुनाव एकैपटक गर्दा खर्च पनि बच्ने विषय पनि उठेको छ । बरु तीन चरणमा चुनाव गरेर भएपनि तीन तहको चुनाव एकैपटक गर्नेबारे पनि छलफल चलेको बुझिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले अर्ली इलेक्शन भन्न छाडेका छन् । उनले आवधिक चुनावमै जोड दिइसकेका छन् । अबको ९ महिनापछि कात्तिकमा चुनाव गर्नेतर्फ देउवाले आन्तरिक छलफल गरेको विश्वस्त स्रोतले बताएको छ । अर्ली इलेक्शन भइहालेमा जेठमा हुने सम्भावना पनि छ । तर, कात्तिकमै बढी जोडबल देखिन्छ ।