Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

तीन दिन होटल टेरेसेस बुक गरेर पूर्वराजाको जन्मदिन

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह जन्मदिन मनाउन ललितपुर र भक्तपुरको सीमानामा पर्ने लाँकुरिभञ्ज्याङस्थित टेरेसेस होटल पुगेका छन्। बिहीबार उनी परिवारसहित सो होटल पुगेको बताइएको छ। उनी त्यहाँ तीन दिन रहनेगरी बुकिङ गरिएको हो। उनी बिहीबारबाट ७६ वर्ष पूरा गरी ७७ वर्षमा प्रवेश गर्दैछन्। ज्ञानेन्द्र शाह २००४ साल असार २३ गते जन्मिएका थिए। उनी राजा महेन्द्रका माहिला छोरा हुन्। विसं. २०५८ जेठ १९ गते नारायणहिटी दरवार हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्रको वंश नास भएपछि वीरेन्द्रका भाइ ज्ञानेन्द्र राजा बनेका थिए। ज्ञानेन्द्र परिवार बसेको उक्त होटल काठमाडौं उपत्यकालाई दृश्यावलोकन गर्न सबैभन्दा उत्कृष्ट स्थानको रुपमा पछिल्लो चरण लिन थालिएको छ।


सम्बन्धित समाचार

बालेनको नेतृत्वमा कसरी बन्छ सरकार ?

२०८२ फाल्गुन २७

ताजा नेपाल

दुई तिहाई नजिक पुगेर रोकियो रास्वपा

२०८२ फाल्गुन २७

ताजा नेपाल

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल