Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीसहित तीन जना पार्टीबाट निस्काशित भएका छन्। नेपाली कांग्रेसको अनुशासन समितिले गोविन्दराज जोशी, पुष्करनाथ ओझा र रामबहादुर विष्टलाई पार्टीबाट निस्काशन गरेको हो। जोशीलाई पाँच वर्षका लागि पार्टीबाट निस्काशन गरिएको समितिले जनाएको छ। यस अघि उनीहरुसँग स्पष्टिकरण सोधिएको थियो। ३ दिनको म्याद राखि अन्तिम पटक सोधिएको स्पष्टिकरण पनि चित्तवुझ्दो नभएको अनुशासन समितिले जनाएको छ। जोशीले गत निर्वाचनमा तनहुँबाट वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएका थिए। यस्तै पूर्वमन्त्री ओझालाई पनि ५ वर्षकै लागि पार्टीबाट निस्काशन गरिएको छ। यस्तै डडेलधुरा कांग्रेसका कार्यालय सचिव विष्टलाई तीन वर्षका लागि निस्काशन गरिएको छ।
२०८२ फाल्गुन ३०
ताजा नेपाल
२०८२ फाल्गुन ३०
ताजा नेपाल
२०८२ फाल्गुन ३०
ताजा नेपाल