Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

तीन महिना मै एसपी तानिए

काठमाण्डौ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक एसपी आभुषण तिम्सिना प्रहरी प्रधान कार्यालय तानिएका छन् । त्यहाँ प्रहरीको हाकिम जो गएपनि लामो समय तिक्न नसक्ने रहस्य के होला ? प्रहरीका निम्ति आमदानीको राम्रै खजाना उपलब्ध हुने सिन्धुलीमा एसपीलाई प्रमुख बनाउने गरिएको छ । एसपी तिम्सिना सिन्धुली सरुवा भएको ३ महिना नबित्दै काजमा प्रधान कार्यालय तानिएका छन् । तिम्सिनालगायत एसपीहरुको २१ पुसमा मात्रै सरुवा भएको थियो । पटक पटक विवादमा आएकोले एसपी तिम्सिनालाई प्रधान कार्यालय तानिएको स्रोतले बताएको छ । उनको ठाउँमा एसपी गोविन्द थपलियालाई पठाइएको छ । थपलिया सर्वोच्च अदालतको सुरक्षा कार्यालयमा कार्यरत रहँदा रहँदै सिन्धुली जस्तो जिल्लामा पुगेका छन् ।प्रहरीले एक वर्षसम्म सरुवा नगर्ने नीति लिएको भए पनि आर्थिक वा अन्य विवादमा परेको खण्डमा भने जुनसुकै बेलामा पनि प्रधान कार्यालय तान्न सक्ने आचारसंहितामा उल्लेख छ ।