Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

तीन वर्षपछि टेकुको फोहोर खाली

काठमाडौं । राजधानी काठमाडौंको ठूलो समस्या बनेको फोहोर व्यवस्थापनको चाँजोपाँचो मिल्न थालेको छ । डम्पिङ साइड वरपरका स्थानीयको विरोध मत्थर भएर फोहोर बिसर्जन सहज बन्दै गएको छ । विगत ६ महिनादेखि टेकु स्टेसनमा थुपारिएको सबै फोहोर उठाइएको छ ।काठमाडौं महानगरपालिकाले टेकु स्टेसनमा थुप्रिएको फोहोर २० दिन लगाएर उठाएको हो । गत भदौ २ गतेदेखि स्टेसनमा थुप्रिएको फोहोर उठाएर बञ्चरेडाँडा पठाउन थालेको थियो । २० दिनमा लगभग १५ सय टिपर फोहोर व्यवस्थापन भएको महानगरको वातारण विभागमा कार्यरत नगर प्रहरी डिएसपी पूर्ण चन्द्र भटले बताए । उनले भने, भदौ २ गतेदेखि हामीले काम सुरु गर्यो । हिजो २३ गते हामीले यो ग्राण्उड खाली गर्यौ हिजो यहाँ फोहोर नै थिएन । यो आज आएको फोहोर हो । अहिले गाडी आउँछ सिसडोल पुगेको छ गाडी । फर्केको गाडीहरुलाई यो ठिक्क हुन्छ । उनका अनुसार टेकुमा गत माघ २६ गतेदेखि फोहोर जम्मा हुन थालेको थियो ।गत माघ २६ गतेदेखि सिसडोलबासीहरुले आन्दोलन गर्दा फोहोर व्यवस्थापन बन्द हुन पुगेको थियो । पटकपटकको बन्दले केही समयदेखिको फोहोर जम्मा भएर भयावह स्थिति भइसकेको थियो । उनका अनुसार तीनवर्षमा दोस्रोपटक स्टेसनको फोहोर पुरै हटाइएको हो । उनले भने, नयाँ मेयर आइसकेपछि धेरै चासो लिनुभयो । कसरी हुन्छ कन्ट्रोल गर्ने उहाँले पनि केके चाहिन्छ प्रयोग गर्नुस काम गर्नुस भन्नुभएको त्यही आधारमा हामीले काम गरेर लगातार रुपमा काम भएको थियो । म आएको तीन वर्ष भयो । तीन वर्षको बीचमा फेरि एक चोटी खाली गराएका थियौं । प्रमुख प्रशासकीय अधिकृत केदार सरको पालामा एकचोटी क्लियर गरेर सक्यौं । त्यसपछिको अवरोधको कारण अहिले इतिहासमै दोस्रो पटक पूर्ण रुपमा फोहोर व्यवस्थापन गरेका छौं । सिसडोल र बञ्चरेडाँडाका स्थानीयवासीले विगतमा महानगरसँग भएको सम्झौताअनुसार सडक मर्मतको काम समयमा नै सम्पन्न नगरेको, स्थानीयवासीलाई स्वास्थ्य, शिक्षा, रोजगारीको व्यवस्थाजस्ता माग पूरा नगरेको भन्दै कहिले फोहोर बोकेको गाडी तोडफोड र कहिले सडकनै अवरोध गरेपछि विगत ५ महिनादेखि काठमाडौं उपत्यकाको फोहोर टेकुमा अल्पकालीन व्यवस्थापन गरिएको थियो। उपत्यकाको सडक छेउछाउमा पनि लामो समयदेखि फोहोरको डङ्गुर थियो। उपत्यकाको फोहोर व्यवस्थापनका सम्बन्धमा यही भदौ पहिलो साता काठमाडौं, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, सिसडोल र बञ्चरेडाँडाका स्थानीयवासीबीच भएको चार बुँदे सहमतिपछि भदौ पहिलो सातादेखि फोहोर व्यवस्थापन कार्य हुन थालेको हो।