Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । तुलसी घिमिरेले निर्माण र निर्देशन गर्न लागेको आगामी फिल्म पहाडबाट उनकै कान्छी छोरी पञ्चमीले अभिनयमा डेब्यु गर्ने पक्का भएको छ ।
बुधबार बेलुका मात्र पञ्चमीलाई फिल्म खेलाउने टुंगो लागेको जानकारी निर्देशक घिमिरेले भने। पञ्चमीले अभिनेता अरुण क्षेत्रीसँग जोडी बाँध्नेछिन् । उनले मुम्बईमा विज्ञापन फिल्महरूमा क्रिएटिभ डिरेक्टरको रुपमा कार्य गर्दै आइरहेकी छन् ।
कलाकारको कास्टिङमा केही हेरफेर भएको छ । यसअघि फिल्ममा वर्षा राउत हुने भनिएपनि यो फिल्ममा उनी हुनेछैनन् । उनको ठाउँमा अर्की एक अभिनेत्रीलाई कास्टिङ तयारी छ ।
पञ्चमीको डेब्युबारे उनका बुवा निर्देशक घिमिरेले भने, बुधबार मात्र यसबारे टुंगो लागेको छ । यसअघि पञ्चमी र अर्की एक कलाकारमध्ये कुनलाई लिने भन्ने अन्योल थियो । अन्ततः पञ्चमी फाइनल भइन् ।
ग्रामीण परिवेशमा छायांकन हुने यो फिल्मका कलाकारमा अरुण र पञ्चमीसहित मदनकृष्ण श्रेष्ठ, विपिन कार्की, सुनिल थापाले साइन गरिसकेका छन् । ६ माघदेखि गोरखाबाट छायांकन तयारी छ । त्ससपछि काठमाडौं र मुम्बईमा सुटिङ हुनेछ ।
प्रोडक्सन डिजाइनरको रुपमा तुलसीकै जेठी छोरी भावनाले काम गर्दैछिन् । दुबै छोरीले मलाई काममा सघाउँदैछन् घिमिरेले भने । यो फिल्मले युवा जनशक्ति विदेश पलायन हुँदा कसरी पहाड रित्तिन्छ र यसले ल्याउने सामाजिक र आर्थिक समस्याको कथावस्तु चित्रण गर्नेछ ।
२०८१ पुष २०
ताजा नेपाल
२०८१ पुष २०
ताजा नेपाल
२०८१ पुष २०
ताजा नेपाल