Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । बौद्धनाथ क्षेत्रभित्र रहेका तामाङ समुदायहरुले मनाउँदै आएका तेमाल जात्रा सम्पन्न गर्न व्यवस्थापन समितिले विभिन्न कार्यक्रम अगाडि सारेको छ । त्यो कार्यक्रमलाई सफल बनाउनका लागि बौद्धनाथ क्षेत्रभित्रका संघसंस्थाहरुलाई गोलबन्द गरेका छन् । सो जात्रा सम्पन्न गर्न मुल व्यवस्थापन समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बताएअनुसार, श्री बौद्ध तामाङ कल्याण गुठी आयोजक रहने गरी ‘राष्ट्रिय पर्व बौद्ध तिमाल जात्रा व्यवस्थापन समिति २०८१’ गठन भएको । जात्रा भव्य र सभ्य तरिकाले सम्पन्न गर्न उपसमितिहरु समेत गठन बनेका छन् । विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध महास्तुप शान्तिको अग्रदुत भगवान गौतम बुद्ध तथा बौद्ध धर्मको आस्थाको केन्द्रविन्दु धार्मिक तिर्थस्थल छ्योर्तेन बौद्धमा लाग्ने बौद्ध तिमाल जात्राको महिमा अपरम्पार रहि आएको छ । चैत पूर्णिमाको अघिल्लो दिन मनाइने बौद्ध तिमाल जात्रामा पाल्नु हुने लाखौ श्रद्धालु भक्तजनहरु रातभरी नै जाग्राम बसेर आफ्ना पितृहरुको स्मरणमा दियो बत्ती बालेर लामा गुरुहरुद्वारा (पूजापाठ) डोवा ( मोन्लम् गराई आफ्ना दिवंगत पितृहरु पडगतिमा पर्दैनन् र अर्को जुनीमा सुखवती भुवनमा जन्मिन्छन् भन्ने धार्मिक विश्वास रहेको पाइन्छ । यो जात्रामा विशेष गरी काभ्रे जिल्ला तिमाल क्षेत्रका तामाङहरु लगायत मकवानपुर, ललितपुर, नुवाकोट, सिन्धुपाल्चोक र काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुबाट तामाङहरुको उल्लेखनीय उपस्थिति रहने गर्दछ । तिमाल जात्रा मनाउनको लागि भारत, भुटान र बर्माबाट समेत भक्तजनहरु आउने गरेका छन् । बौद्ध स्तुप धार्मिक एवं सांस्कृतिक नगरी हो । यस क्षेत्रमा वार्षिक रुपमा विविध सास्कृतिक जात्रा एवं चाड पर्वहरु मनाउने गरिन्छ । परम्परागत रुपमा राष्ट्रिय बौद्ध तिमालजात्राको आफ्नै इतिहास रहिआएको छ । चैत पूर्णिमाको अघिल्लो दिन मनाउने बौद्ध तिमाल जात्राले तामाङहरुको छुट्टै विशेषता एवं मौलिक पहिचान बोकेको जात्रा हो । हाम्रा पुर्खाहरुले मृतकको आत्माको चिर शान्तिको कामना सहित परापूर्वकालदेखि नै बौद्ध तिमालजात्रा मनाउन थालिएको हो । तिमाल तामाङहरुको उद्गम थलो भएकोले यस स्थलको नामबाटै तिमालजात्रा नामकरण भएको अनुमान लगाउन सकिन्छ । विस १८१९ असौज २ सम्म तिमालका अन्तिम तामाङ राजा रिन्जिन दार्जे बलले चैत पूर्णिमालाई राजकीय चाडको मान्यता दिएको र तिमालजात्रा सम्पन्न गर्न आफ्ना जनताहरु पठाउने गरेको जनश्रुति रहेको पाइन्छ । धार्मिक महत्वका साथै राष्ट्रिय एकताको प्रतीक र सम्पदाको गरिमाले अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारसंगै नेपाल सरकारले राष्ट्रिय बौद्ध तिमालजात्रालाई राष्ट्रिय पर्वको मान्यता प्रदान गरिसकेको बताइएको छ ।
२०८२ बैशाख २
ताजा नेपाल
२०८२ बैशाख २
ताजा नेपाल
२०८२ बैशाख २
ताजा नेपाल