Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

‘तेल भिसा’को छायांकन सकियो

फिल्म ‘तेल भिसा’को छायांकन ३५ दिनमा सकिएको छ । ७० प्रतिशत छायांकन चितवनमा गरिएको यो फिल्मको बाँकी ३० प्रतिशत छायांकन चितवनमा गरिएको थियो । चितवनमा सेट लगाएर फिल्मको छायांकन गरिएको हो । सिनेमाको इन्डक्ल्याप कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल पनि उपस्थित थिइन् । उनले, फिल्मको छायांकन चितवनमा गरेकोमा निर्माण टिमलाई धन्यवाद समेत व्यक्त गरिन् । यो फिल्मलाई शंकर घिमिरेले निर्देशन गरेका हुन् । १२ बर्षपछि शंकरले फिल्म निर्देशनमा कमब्याक गरेकी हुन् । फिल्ममा नायक विपिन कार्की दोहोरो भूमिकामा देखिदैछन् । फिल्ममा विपिन जवान र वृद्धको भूमिकामा छन् । फिल्मको प्रदर्शन मिति मंसिर ७ लाई तोकिएको छ । यो फिल्ममा विपिनका अलवा वर्षा राउत, ऋचा घिमिरे, पुजा चन्द र वुद्दि तामाङको मुख्य भूमिका छ । वेलडन क्रियसनको व्यानरमा ऋचा घिमिरेको प्रस्तुति रहेको यो फिल्ममा अनिल पाण्डे र शिवराज कार्कीको लगानी छ । प्रिन्स युवराज कार्की र श्रृती दाहाल कार्यकारी निर्माता रहेको फिल्ममा सुशन प्रजापतिको छायांकन, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्धाजको संगीत, अजय खड्काको सम्पादन छ ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल