Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

तेस्रो लहरले खतराको घण्टी बजाएकै हो ?

काठमाडौँ । पछिल्लो समय जनजीवन सामान्य जस्तो देखिए पनि कोरोना संक्रमणको स्थिति भयावह बनिसकेको छ । कोरोना उपचार केन्द्रहरु विरामीले भरिएका छन् भने नयाँ विरामीका लागि बेडको अभाव देखिन थालिसकेको छ । तर पनि बजारमा गाडी गुडेका र मानिसहरुको आउजाउ बाक्लो देख्दा अवस्था सहजै जस्ता लाग्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तेस्रो लहरबाट बच्न तयारी अवस्थामा रहन सचेत गराउँदै पटकपटक विज्ञप्ति निकाल्दै आएको छ । कोरोना भाइरसको डेल्टा भेरिएन्टकै परिवर्तित रूप कप्पा भेरिएन्टसमेत पुष्टि भएकाले स्वास्थ्य मापदण्ड थप कडाइका साथ पालना गर्न निर्देशसमेत गरिरहेको छ । कोभिड–१९ को सक्रिय संक्रमितको संख्या पछिल्लो दिन उल्लेख्य वृद्घि देखिए पनि यो दोस्रो लहरकै निरन्तरता रहेको विज्ञहरूले बताएका छन् । तेस्रो लहर आएको भए हालको जस्तो मध्यम गतिमा संक्रमण नबढ्ने उनीहरूको दाबी छ । तर, स्वास्थ्य मापदण्ड पालनाप्रति बढ्दो लापरबाहीले दोस्रो लहर समाप्त नहुँदै तेस्रो लहर आउन सक्ने जोखिमसमेत उनीहरूले औंल्याएका छन् । भारतमा दसैंताका तेस्रो लहरको सम्भावना रहेकाले नेपालमा पनि त्यससँगै तेस्रो लहर देखिने उनीहरूको आकलन छ । हाल अस्पताल भर्ना हुने बिरामीमा दोस्रो लहरमा जस्तै मुख्य रूपमा दुवै फोक्सोमा संक्रमण र अक्सिजनको कमीजस्ता समस्या देखिएको विज्ञहरूको भनाइ छ । संक्रमण दरलाई विश्लेषण गर्दा पनि महामारीको दोस्रो लहरकै निरन्तरता मान्न सकिने उनीहरूले बताए । हाल पीसीआर परीक्षण गराउने हरेक चार जनामध्ये एक जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबारसम्म सक्रिय संक्रमित ३४ हजार ४ सय २२ जना छन् भने साउन १ मा यो संख्या २६ हजार ८ सय २७ थियो । हाल काठमाडौंमा सबैभन्दा बढी ७ हजार ८० जना सक्रिय संक्रमित छन् । त्यसपछि झापामा २ हजार ३ सय ८४ र कास्कीमा १ हजार ९ सय ९० सक्रिय संक्रमित छन् । साउनयता हरेक दिन सरदर ३६१ जना नयाँ बिरामीसमेत थपिएका छन् । तर, देशभरका अस्पतालमा कोभिडका बिरामी भर्नाको ट्रेन्ड उस्तै देखिएको स्वास्थ्य मन्त्रालय सहप्रवक्ता डा. समीर अधिकारीले बताए । हाल देशभर आईसीयूमा ७१३ र भेन्टिलेटरमा १५८ जना छन् । राजधानीमा मात्रै आईसीयूमा १८८ जना र भेन्टिलेटरमा ६१ जना बिरामी उपचाररत छन् ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल